जबकार्ड बनाउँन गएका ब्यक्ति जबकार्ड बनिन नपाई हिस्रिक्कै

डी के वाइबा: कालेबुङ, 29 फरवरी: सयदिने रोजगारमा जब कार्ड बनाएर काम गर्ने बिचार बोकि पंचायत कार्यलय पुगेका प्रबेश राई जब कार्ड बनाउँ अघिनै जिल्ल परे। तिनी जब कार्ड बनाउँन पंचायत कार्यलय पुग्दा तिनको नाममा पहिला नै जब कार्ड बनिएर पनि काम गरेको पैसा समेत झिकेको थाह पाएर जिल्लै परे। तिनको नाममा पंचायत कार्यलयमा जब कार्ड त अघिनै बनिएको थाह भयो तर 5 अक्टोबर 2011 को दिन नै 3120 रुपीया समेत पोष्ट अफिसबाट कसैले झिकिसकेको थाह पाउँदा तिन छक्क परेको आज पत्रकारहरुलाई बताए। तिनी जब कार्ड बनाउँन पंचायत कार्यलय 27 फरवरी 2012को दिन पुगेका थिए तर तिनको नाममा बनिएको जबकार्डबाट पैसा भने अक्टोबर 2011 को दिन झिकेको घटनाले सय दिने रोजगारमा ब्यापक घोटाला भईर्हेको खुलासा भएको छ। उक्त घटन रंगली रंगलीयट तक्दा खण्ड बिकास कार्यलय अन्तर्गत लाब्दा ग्राम पंचायतमा भएको हो। उक्त घोटाला भएको कुरा त्यतिबेला मात्र थाहा पाईयो जतिबेला लाब्दा ग्राम पंचायत वार्ड नम्बर पाँचका बसिन्दा प्रवेश राई पंचायत कार्यलयमा आफ्नो जब कार्ड बनाउँन गएका थिए। तिनले पंचायत कार्यलयमा पुगेर आफ्नो जब कार्ड बनाउँने आवेदन गर्दा तिनको सय दिने रोजगारको जब कार्ड अगावै बनिसकेको थाहा पाए। यस बिषयमा सोधखोज गर्दा जब कार्ड अगावै बनिसकेर पनि तिनको नाममा काम समेत गरिरहेको थाहा पाए। त्यस पछि तिनले यसबारेमा सोधखोज गर्दै स्थानीय पोष्ट अफिसमा जाँदा आफ्नो नाममा रहेको सय दिने रोजगारको खाताबाट पैसा समेत झिकेको थाह पाएको जानकारी दिदै यस्तो कसरी हुन सक्छ भनि प्रश्न गरेका छन। आफ्नो नाममा रहेको खाताबाट आफुले पैसा ननिकाली पैसा झिक्नु कस्को हात हुन सक्छ भन्दै यो सयदिने रोजगार कार्यमा घोटाला हो भनि तिनले दाबी गरेका छन। आफ्नो जब कार्ड आफुले नबनाई कसरी अन्य मानिसहरुलाई पंचायत कार्यलयले बनाईदियो भन्ने प्रश्न गर्दै यो पंचायत कार्यलयको लापरवाही रहेको तिनले आरोप लगाएका छन। यस बिषयमा लाब्दा ग्राम पंचायत सचिव एस पी शर्मा सित जान्न चाहँदा प्रवेश राईको जब कार्ड रहेको बताउँदै तिनको नाममा तिनकै पत्नि अंजली राई सय दिने काममा हिडेको दाबी गरे। प्रबेश राईकी पत्नि आफ्नो पतिको नाममा काममा हिडेको कारण पोष्ट अफिसबाट पैसा पनि तिनकै पत्निले निकालेको पंचायत सचिव शर्माले दाबी गरेका छन। यता पंचायत सचिवको बयान झुटो रहेको दाबी गर्दै आफ्नो पत्नि र आफ्नो जब कार्ड नभएको कारण छिमेकीको नाममा रहेको जबकार्डमा काम गरिरहेको दाबी गरेका छन। आफ्नो पत्निले डाक घरबाट पैसा निकालेको कुरा नितान्त झुटो रहेको दाबी गर्दै यदि आफ्नो पत्निले पैसा झिकेको हो भने आफुलाई थाह हुने बताउँदै आफ्नो नाममा रहेको खाताबाट कसरी अन्य मानिहरुले पैसा झिक्न सक्छ भनि प्रश्न गरे। अन्य मानिसहरुलाई पोष्ट अफिसले कसरी पैसा दियो भन्दै यस बिषयमा बिभागले सही प्रकारले छानबिन गर्न पर्ने माग गरेका छन। कुनै पनि पोष्ट अफिस अथवा बैकहरुमा खाता धारक बाहेक अन्यले पैसा झिक्न नसक्ने दाबी गर्दै आफ्नो नामको खातबाट पैसा आफुले नझिकी अरुले निकाल्नुमा निकै गहन कुरा हुन सक्ने बताउँदै यस बिषयामा सही जाँच हुन आवश्यक रहेको तिनले बताए।
       यस घट्ना सम्बन्धि यता तक्दा खण्ड बिकास अधिकारी एस्टर लेप्चासित जाँन्न चाँहदा आफुलाई कुनै जानकारी नभएको बताईन। यस बिषयमा पिडीत ब्यक्तिले पंचायत कार्यलयमा लिखित गुनासो दर्ता गरेको खण्डमा आफुले जाँच गरेर सही कुरा के हो भन्ने पत्तो लगाउँने पनि तिनले जानकारी दिईन। एकजना ब्यक्तिको नाममा कसैले पनि जब कार्ड बनाउँन नपाउँने बताउँदै यो कानुनि अपराध रहेको अनि यसबारे जाँच गर्दा यदि दोषि पाए कार्वाही गर्ने खण्ड बिकास अधिकारी लेप्चाले बताईन। जब कार्ड बनाउँदा सम्पूर्ण आवश्यका कागज पत्रहरु जाँच गरेर मात्र बनाउँने प्रकृया रहेको बताउँदै कुनै ब्यक्तिको नाममा अर्काले जबकार्ड बनाएर पैसा समेत झिकेको घटना निकै गम्भिर रहेको तिनले थप बताईन। यद्यपी यस घट्नाको वास्तविकता नबुझेसम्म आफुले कुनै कुरा भन्न नसक्ने तिनले यस संवाददातालाई बताए।
      अर्कोतिर बिशेष सुत्रमार्फत जानकारी पाए अनुसार पोष्ट अफिसले सय दिने रोजगारको पैसा खाता भएका ब्यक्तिलाई मात्र भुक्तान गर्ने हुँदा हुँदै पनि सयदिने रोजगार ग्यारेण्टिमा कार्यरत सुपर भाईजरले सबै काम गर्नेहरुको पैसा निकालेर बाँड्ने गरेको थाह लागेको छ। पैसा पोष्ट अफिसबाट निकाल्नको निम्ति सुपर भाईजरले सबै काम गर्नेहरुबाट फारम भरेर सही छाप गरी ल्याउँने गरेको कारण पोष्ट अफिसमा सबैको हस्ताक्षर जाँच गरेर पैसा दिने गरेको सुत्रले थप जानकारी दिएको छ। कानुनि रुपमा पैसा केवल खाता धारकलाई नै भुक्तान गर्न भए पनि पहिल्यै बाट सुपर भाईजरहरुले सबै काम गर्नेहरुको फारमा सही छाप गरेर पैसा निकालेर बेतन दिने काम गरिरहेकोले गर्दा पोष्ट अफिसले ब्यक्तिगत रुपमा पैसा भुक्तान गर्ने नगरेको पनि सुत्रले बताएका छन। 
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.