मोर्चा प्रमुख बिमल गुरुङ बैठक बसेर चुनाव गराउँने छिनाफाना गरेपनि मोर्चाको आइतबारे जुलुश यथावत

Gorkha Janamukti Morcha

डी के वाइबा: कालेबुङ, 25 मार्चः  कोलकतामा राज्यका मुख्य मंत्री ममता ब्यानर्जीसित मोर्चा प्रमुख बिमल गुरु बैठक बसेर चुनाव गराउँने कुरा छिना फाना गरेर आईसकेको छ तर यता आईतबारे जुलुसलाई पनि मोर्चाले यथावत राखेको छ। जीटीएमा राष्ट्रपतिको अनुमोदन हुन अघि यथाहिघ्र जीटीए लागुहुनपर्छ भन्दै मोर्चाले शुरु गरेको आईतबारे जुलुस राष्ट्रपतिको आनुमोदन पछि तराई डुवर्स बिना चुनाव हुन नदिने अडानमा जुलुस भयो भने कुरा मिलेर पनि आज जुलुस जारी रह्यो। युवा मोर्चाको तत्वधानमा आयोजित आजको जुलूलमा कालेबुङ नगरदेखि बाहिरका विभिन्न समष्टिका मोर्चा समर्थकहरूको व्यापक सहभागिता रहेको थियो। पहिले तराई डुवर्स बिना जीटीए स्विकार गर्दैनौ भन्ने मोर्चा नेताहरु आजको जुलुस पछिको जनसभामा मिडीया कर्मीहरु माथि निकै जोडले बर्सिए। मोर्चा नेताहरुले जनसभालाई सम्बोधनगर्दै कोलकातामा मोर्चा प्रमुख बिमल गुरु अनि मुख्यमंत्री माझ भएको बैठकको मिडियाले सही रिपोर्ट नदिएको आरोप मोर्चा नेताहरुले लगाए हिजो कोलकाताको बैठकलाई मोर्चाले ठूलो उपलब्धीको रूपमा लिएको मोर्चा सहसचिव बिनय तामले दाबी गरे। तिनले केवल दागोपाप क्षेत्रलाई लिएर नै चुनाउ गराउन मोर्चा सहमत भएको एक दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार निराधार रहेको बताए। तिनले मिडीयाले समाचार सही प्रकारले नलेखेको आरोप लागाउँदै  मीडीयाकर्मीहरू माथि जोडले बर्सिए। यसैअवधी तिनले हिजोको बैठकको मिनट पनि जनसाधरणलाई पढेर जनसभामा नै सुनाए। मोर्चाले जनतालाई कहिल्यै नढाँटेको दाबी गर्दै सबै कामकुरा मोर्चाले पारदर्शी तरिकाले गरिरहेको बताउँदै उक्त मिनट तिनले जनसभामा सबैलाई पडेर सुनाए। पत्रिकाहरूमा वास्तविकता प्रकाशित नगरेको भन्दै तिनले पूर्व न्यायधिश श्यामल सेनको नेतृत्वमा गठित हाइपावर कमिटीले जून महिनाको प्रथम सातामा पहिलो रिपोर्ट बुझाउने भएको बताए। कोलकाता वार्ताको मिनटअनुसार हाइपावर कमिटीको निर्णयलाई राज्य अनि मोर्चा दुवै पक्षले स्वीकार्नुपर्ने भएको छ।  तिनीअनुसार हाइपावर कमिटीको पहिलो रिपोर्टअनुसार जुन-जुन मौजाहरू जीटीएमा अन्तर्भुक्त हुन्छ त्यही मौजाहरूलाई लिएर जीटीएको चुनाउ सम्पन्न हुनेछ भनि तामले जनाए। त्यसपछि जुन-जुन मौजाहरू जीटीएमा अन्तर्भुक्त हुँदैन ती क्षेत्रहरूबाट 5 जनालाई जीटीएमा मोनिनित सद्‌स्यको रूपमा लिइनेछ बह्नि तिनले थप जनाए।  हाइपावर कमिटीको पहिलो रिपोर्टको आधारमा जून महिना अथवा जुलाई महिनामा जीटीएको चुनाउ हुने भएकोले यहॉं दागोपाप क्षेत्रभित्र चुनाउ हुन्छ भनेर जनतालाई भ्रममा पार्नु हुँदैन भन्दै तिनीलए आक्रोश पोखे। आजको जनसाभालाई सम्बोधन गर्दै मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले आजको जुलूस अनि जनसमाभा जनसधारणको निम्ति राजनैतिक व्यायाम रहेको बताए। हाइपावर कमिटीले जून महिनाको प्रथम सातामा पहिलो रिपोर्ट बुझाउने निश्चित हुनु नै मोर्चाको निम्ति ठूलो उपलब्धी रहेको डा छेत्रीले दाबी गरे। अहिलेसम्म कयौंपल्ट आफूहरूले हाइवपावर कमिटीले चॉंडौ रिपोर्ट बुझाओस्‌ भनेर भन्दा नभएको कुरा विमल गरुङले कोलकातामा हिजो बैठक गर्दा सम्भव बनेको पनि तिनले दाबी गर्दै मोर्चाले बैठपछि एउटा ठूलो लडाइ जितेको तिनले दावी गरे। यदि हाइपवार कमिटीले झुटो रिपोर्ट बुझाए मोर्चासित गोर्खाबाहुल क्षेत्र अनि दावी गरिएको मोठ 398 वटा मौजाहरूको विस्तृत रिपोर्ट रहेकोले मोर्चाले यस्तो अवस्था आइपरे पनि तर्क राख्नसक्ने डा. छेत्री ठोकुवा गरे।

Gorkha Janamukti Morcha -कोलकतामा राज्यका मुख्य मंत्री ममता ब्यानर्जीसित मोर्चा प्रमुख बिमल गुरुङ बैठक बसेर चुनाव गराउँने कुरा छिना फाना गरेर आईसकेको छ

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.