डी के वाइबा,
कालेबुङ 19 जुलाई: जीटीए चुनाउमा तृणमूल कङ्ग्रेसले अन्तत: चुनावी मैदानमा छोड्ने
घोषणा गरे पछि रहल सिटहरुमा जीटीए चुनाउको रौनकता हराएर जाने निश्चित बनेको छ। दार्जीलिङ
पहाडको 45 वटा सिटहरु मध्ये 17 वटा सिटहरुमा तृणमूल कङ्ग्रेसले आफ्नो उम्मेद्वार
खडा गरेको भए पनि अन्तत चुनाउमा भाग नलिने निर्णय लिएको छ। जसको कारण मोर्चालाई
चुनाउमा बिजय हासिल गर्न कुनै कसरत गर्न नपर्ने देखिएको छ। तृणमूल कङ्ग्रेसाले
जीटीए चुनाउको निम्ति 17 वटा सिटहरुमा उम्मेद्वार खडा गरेको कारण अहिले सम्म उक्त
सिटहरुमा मोर्चाले बिजय हासिल गर्न चुनावी प्रचार अभियान तिब्र पारिरहेको समयमा तृणमूल
कङ्ग्रेसको हाई कमाण्डले चुनाउमा भाग नलिने घोषणा गरेको कारण अन्तिम क्षणमा पुगेर
मोर्चालाई रहल सिटहरुमा बिजय हासिल गर्न कुनै कसरत गर्न नपर्ने देखिएको छ। जीटीए
चुनाउमा अघिबाटै 28 वटा सिटहरुमा निर्बिरोध बिजय हासिल गरेको गोजमुमो पार्टीले
अहिले घरी रहल 17 वटा सिटहरुमा सय प्रतिशत भोटले बिपक्षी पार्टीहरुलाई पराजय गर्न
कम्मर कसेर मैदानमा निस्केको समयमा मोर्चालाई चुनावी मैदानमा चुनौति दिन निस्केको तृणमूल
कङ्ग्रेसले अन्तिम क्षणमा हात उठाएर मोर्चा अघि आत्म समर्पण गरेको कारण अब
मोर्चाले चुनाउमा बिजय हासिल गर्न केवल औपचारिकता मात्र पालन गर्न पर्ने भएको छ।
मोर्चालाई चुनावी मैदानमा चुनौति दिन नामाङकन पत्र दर्ता गर्ने समयमा एकाधिक
प्रार्थीहरुले नामाङकन दर्ता गरेको भए पनि पछिबाट नामाङकन पत्र फिर्ता लिने समयमा
धेरजसो प्रार्थीहरुले आफ्नो नामाङकन पत्र फिर्ता लिएको कारण मोर्चालाई च्नौति दिन
केवल चुनावी मैदानमा तृणमूल कङ्ग्रेस मात्र रहेको थियो भने आखिरमा तृणमूले भोट हुन
अघिनै मैदान छोड्ने निर्णय लिएको कारण 29 जुलाईको दिन केवल चुनाउको औपचारिकता
मात्र हुने निश्चित भएको छ। रहल 17 वटा सिटहरुमा हाल मोर्चाले चुनावी प्रचार
गरिरहेको छ भने तृणमूल कङ्ग्रेसले भने चुनाउको प्रचार नगरी नै मैदान मोर्चालाई खाली
छोड्ने घोषणाले जीटीए चुनाउको रहल कौतुहलता समेत सकिएको छ। तृणमूल कङ्ग्रेसले
चुनावी मैदान मोर्चालई रित्तो छोडिदिने घोषणा गरे पछि 17 वटा सिटहरु मध्ये 16 वटा
सिटहरुमा केवल चुनाउको औपचारिकता मात्र हुनेछ तर, 41 नम्बर निम्बोङ गितडाब्लिङ
समष्टिमा भने जीटीए चुनाउको रौनकता देख्न पाईने भएको छ। गोजमुमो प्रमुख बिमल गुरुङले
प्रार्थीहरुको नाम घोषणा गर्ने क्रममा 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिबाट
मोर्चा उपाध्यक्ष कल्याण देवानलाई प्रार्थी बनाएपछि रुष्ट बनेका गाउँलेहरुले
मोर्चाकै सञ्चबिर सुब्बालाई निर्दलीय प्रार्थीको रुपमा खडा गरेको छ जसको कारण
तिनलाई पार्टीले निस्कासित समेत गरिसकेको छ। तृणमूल कङ्ग्रेसले चुनावी मैदान छोडेर
मोर्चा अघि आत्मसमर्पण गरिसकेको समयमा यस घरी निर्दलीय प्रार्थी सञ्चबीर सुब्बा
भने मोर्चालाई चुनावी मैदानमा टक्कर दिन लागी परेका छन। 41 नम्बर निम्बोङ
गितडाब्लिङ समष्टिबाट तिनले चुनावी मैदानमा गोजमुमो प्रमुख बिमल गुरुङले खडा गरेका
प्रार्थी कल्याण देवानलाई चुनौति दिदै हाल बिभिन्न गाउँहरुमा चुनाउ प्रचार तिब्र
रुपमा गरिरहेका छन। यस कार्यले जीटीए चुनाउको रौनकता अब केवल 41 नम्बर समष्टिमा
मात्र देख्न पाउने भएको छ। उक्त समष्टिबाट गोजमुमो प्रार्थी कल्याण देवान अनि
निर्दलीय प्रार्थी सञ्चबीर सुब्बा चुनावी मैदानमा छन भने तृणमूल कङ्ग्रेसबाट
ब्रुनो लेप्चा प्रार्थी रहेका छन। तृणमूल क़ङ्ग्रेसले चुनाउ हुन अघि नै मोर्चा अघि
घुँडा टेकेर आत्मसमर्पण गरिसकेको कारण अब मोर्चाले बिजय हासिल गर्न 45 वटा सिटहरु
मध्ये केवल एउटा सिटमा मात्र संघर्ष गर्नु पर्ने भएको छ। मोठ 10 हजार 5 सय 61
मतदाताहरु रहेको उक्त समष्टिमा आगामी 29 जुलाईको दिन 18 वटा बुथहरुमा जनताले
उम्मेद्वारको भाग्य निर्धारण गर्ने भएको छ। 45 वटा सिटहरु मध्ये एउटा सिटमा यदि
मोर्चा प्रार्थीको पराजय भए राजनीतिबाट सन्यास लिनेछु भनेर अघिबाटै घोषणा गरिसकेका
बिमल गुरुङ पनि मोर्चा उपाध्याक्ष कल्याण देवानको चुनाउ प्रचारमा उक्त समष्टिको
भोलि दौडाह गर्ने भएका छन भने यता निर्दलीय प्रार्थी सञ्चबीर सुब्बाले आफ्नो जित निश्चित
रहेको दाबी गर्दै चुनाउ प्रचारमा व्यस्त रहेको जानकारी दिएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?