कालेबुङ
24 जुलाई : दुई नाबालिग बालिकाहरुलाई दिल्लीमा बिक्री गर्न लगेको
आरोपमा डुवर्सको माक्रापाडाका 4 व्यक्तिहरुलाई दिल्ली पुलिसले पक्राउ गरेको
छ। दार्जीलिंगको मार्ग नामक मानव तस्करी निरोधक संस्थाको सक्रियतामा मध्य
डुवर्सको माक्रापाडाका प्रिति 15 व र नैना 14 वर्सलाई मानव तश्करहरुको
पंजाबाट छुटाउन सकिएको
जानकारी प्राप्त भएको छ।
प्राप्त
जानकारी अनुसार 4 व्यक्तिले 2 नाबालिग बालिकाहरुलाई महानन्दा एक्सप्रेस
रेलमा दिल्ली लैजादै गरेको खबर कालेबुंगका ए एसपी सोंगमित लेप्चालाई गत 20
जुलाइको दिन कुनै एक अग्यात व्यक्तिबाट प्राप्त भयो । ती व्यक्तिले मार्गको
मानव तश्करी रोकथामबारे एक पोस्टर मार्फत पाएको फोन नम्बरमा सम्पर्क गरेका
थिए। तिनले उक्त खबर मार्गका निर्णय जोहन
छेत्रीलाई दिईन। मार्गले तत्कालै बिहार, झारखण्ड र् उत्त्तर प्रदेश मा
सम्बन्धित फोर्सहरुलाई यसबारे जनाए । सबै ठाउ सतर्कता लिईएपछि दिल्लीमा पनि
यो जानकारी दिइयो ।
दिल्लीको मानव
तस्करी निरोधक संस्था शक्ति बाहिनीले पनि आफ्नो स्वयसेवकहरुलाई 6- वटा
टोली बनाएर ओल्ड दिल्ली रेल्वे स्टेसनमा जाच गर्दा 11 नम्बर प्ल्याट
फार्मबाट जानकारी दिईएको लुगा लगाएकी प्रिती र नैनालाई 4जना तश्करहरुसंग
फेला पारे। पुर्ण सोधपुछ् पश्चात बिरपाडा थाना अंतर्गत मालंगीका मैनी
छेत्री, माक्रापाडाका सत्यम र लक्ष्मि अनि
मदारीहाट थाना अंतर्गत उत्तर खैरबाडिका किरण छेत्रीलाई दिल्ली पुलिसको
सहयोगमा रेल्वे स्टेशनमानै पक्राउ गरियो। उनिहरुलाई उद्दार
गरेपछि अभिभावकको अनुपस्थितीमा दिल्लीको एउटा होम मा आश्रय दिईएको छ।

Post a Comment
We love to hear from you! What's on your mind?