भोट हाल्ने मौलिक अधिकार जनतालाई स्वतन्त्ररुपले प्रयोग गर्न दिनुपर्छ, धम्कि दिएर हुँदैन – सञ्चबीर सुब्बा

डी के वाइबा, कालेबुङ 24 जुलाई : स्वाधिन भारतमा भोट हाल्ने अधिकार भारतको संविधानले दिएको छ। जनताले आफ्नो बहुमूल्य भोट कुनै पनि प्रार्थीलाई दिन सक्छ। यो जनताको मौलिक अधिकार हो। जनतालाई भोट हाल्ने मौलिक अधिकारबाट बञ्चित राख्नु हुँदैन। धम्काउँने काम गर्नुहुँदैन। नेता भएपछि धम्किको राजनीतिबाट माथि उठेर जनताको पक्षमा सोच्न सक्नुपर्छ। जनसभामा जाने जनताहरुलाई बाटोमा रोक्ने काम गरेर पार्टीको बदनाम गर्ने काम पार्टीको नेताहरुले गर्नुहुँदैन। प्रजातंत्रमा जनता राजा हो अब चुनावमा प्रार्थीहरुको भाग्य निर्धारण पनि जनताले नै गर्नेछन। यसैले जनतालाई धम्काएर यता र उता भोट हाल्ने दबाउ दिनु ठिक होईन” – उक्त कुरा 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा खडा भएका सञ्चबीर सुब्बाले निम्बोङ बजारमा आयोजित पहिलो जनसभालाई सम्बोधन गर्दै भनेका हुन। तिनले चुनावी जनसभालाई सम्बोधन गर्दै आफु निर्दलीय प्रार्थीको रुपमा खडा हुनु बाध्यता रहेको बताउँदै गोजमुमो प्रमुख बिमल गुरुङले यस क्षेत्रको कुनै पनि व्यक्तिलाई टिकट नदिएको कारण जनताले नै आफुलाई चुनाउमा उत्रने अनुरोध गरेको कारण नै निर्दलीय प्रार्थीको रुपमा खडा भएको बताउँदै निर्दलीय प्रार्थीको रुपमा खडा हुँदा आफुलाई गोर्खाल्याण्ड बिरोधी भनेर आरोप लगाउँनु गलत हुने तिनले बताए। बिगत दिनमा गोजमुमो पार्टीको गठन देखिनै आफु पार्टीमा ईमान्दार बनेर खटेको बताउँदै आज जनताको पक्षमा निर्दलीय प्रार्थीको रुपमा खडा हुँदा कसरी गोर्खाल्याण्ड बिरोधी भएँ ? तिनले प्रश्न गरे। आफ्नो सम्बोधनमा आफुलाई नै भोट हाल्नुपर्छ भनेर जनतालाई दबाउ नदिएको स्पष्टिकरण दिदै जनताले जसलाई भोट हाले पनि त्यो जनताको आफ्नो मौलिक अधिकार हो भने। अहिले आफु निर्दलीय प्रार्थीको रुपमा खडा हुँदा 41 नम्बर समष्टि “भिक्टिम” हुन्छ भनेर भन्ने गरेको बताउँदै जनतालाई “भिक्टिम” हुन्छ भनेर धम्काउँनु ठिक नरहेको बताउँदै भारत स्वतन्त्र बनेको 64 वर्ष पार भईसक्दा यस क्षेत्रका मानिसहरु पहिल्यै देखि अवहेलित अवस्थामा रहेको बताउँदै अब यस्तो थोत्रे कुरा गरेर जनतालाई डर देखाउँनु राम्रो कार्य होईन भनि तिनले जनाएका छन। यस अवसरमा तिनले आफु गोजमुमो पार्टी बिरोधी नरहेको स्पष्टिकरण दिदै भबिष्यमा पनि गोजमुमो बिरोधी नहुने स्पष्टरुपले बताएका छन। आफुलाई केहिदिन अघि गोजमुमो पार्टीबाट निश्कासित गरेको सन्दर्भमा बोल्दै “मलाई पार्टीले निकाल्यो भनेर जनता भ्रममा पर्नु हुँदैन। हिजको दिनमा 41 नम्बर समष्टिमा गोजमुमो स्याहर सुसार गर्ने यो सञ्चबीर सुब्बा आगमी 3 अगष्टको दिन गोजमुमो पार्टीमा हुनेछ। यो घरभित्रको झगडा हो। आपस्तमा यो कुरा मिल्नेछ। हामी बसेर कुरा मिलाउँनेछौ। यो त बाबुले छोरालाई हकारेर छोरा घरबाट केहिसमयको निम्ति बाहिर बसेको जस्तो मात्र हो। घरबाट छोरालाई बाबुले खेद्यो भने पनि त्यो धेर दिनलाई हुँदैन। पछि बाबु छोरालाई खोज्दै आउँनेछ। तपाईँहरु हतास हुनु पर्दैन यो सञ्चबीर गोजमुमो पार्टीमानै हुनेछ”- तिनले चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा स्पष्ट भने। तिनले आफु बस्तिका सोझा जनताको पक्षमा उभिएको बताउँदै पार्टीले टिकट दिएन भनेर चुनाउमा खडा नभएको बताउँदै आफुले व्यक्तिगत स्वार्थ चाहेको भए अघिनै धेरै पैसाको अफर समेत आएको बताए।
“सञ्चबीर पैसामा बिक्रि हुँदैन। मैले यस क्षेत्रमा स्थानीय प्रार्थी बनाउँनुपर्छ भनेर अघिबाटै मोर्चा उपाध्यक्ष कल्याण देवान अनि डा आर्बी भुजेललाई भनेको थिए। तर, तिनीहरुले जनताको कुरा सुनेन। जसको कारण आज जनताको चाहनालाई ध्यान दिएर निर्दलीय खडा भएको हूँ। म जनतालाई धोका दिएर आफ्नो स्वाभिमान बिक्री गर्दिन। यहाँ मोर्चा अध्यक्षलाई बाहिरको जनता ल्याएर धोका दिने कार्य हुँदैछ। यस्तो धोका दिने काम नेताहरुले गर्नुहुँदैन” – सुब्बाले अझ भने। यसै सिलसिलामा तिनले आगमी दिनहरुमा बिगतका दिनहरुमा झै गोजमुमो पार्टीलाई आपद आईपरे पूर्णरुपले सहयोग गर्ने बताउँदै अब चुनाउको बाटोबाट पछि हट्नु भनेर भन्दा नहुने तिनले थप जनाए। तिनलाई चुनाउमा खडा भए पछि नमाङ्कन पत्र फिर्ता लिने अनुरोध बाराम्बार गर्नुको साथै क्षेत्रका प्रार्थी कल्याण देवानली आफु नामको मात्र जीटीए सभा सद्स्य बस्छु अन्य सबै कामहरु आफुलाई गर्नु भनि प्रलोभन देखाएको बताउँदै जनताको ईच्छाबिरुद्ध कहिल्यै नौभिने ईमान्दार नेता रहेको तिनले बताएका छन।
स्मरण रहोस जीटीए चुनाउमा अहिलेघरी 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टि सबैको केन्द्र बिन्दु बन्न पुगेको छ। गोजमुमो पार्टीबाट टिकट नपाएका सञ्चबीर सुब्बाले निर्द्लिय उम्मेद्वारको रुपमा नमाङकन पत्र दर्ता गरेर मोर्चा अध्यक्ष बिमल गुरुङले चयन गरेका प्रार्थी कल्याण देवानलाई चुनावी मैदानमा चुनौति दिन क्षेत्रका जनताले तिनलाई निर्दलीय प्रार्थीका रुपमा खडा गरेको कारण हाल सबैको दृष्टि यस समष्टिमा पर्न गएको छ। यसै सन्दर्भमा आज निर्दलीय प्रार्थी सञ्चबीर सुब्बाले पहिलो चुनावी जन्सभालाई सम्बोधन गरे। गोजमुमो अध्यक्ष बिमल गुरुङले कालेबुङको बिभिन्न क्षेत्रहरुमा आफुले चयन गरेका प्रार्थीहरुको प्रचार गरेर दार्जीलिङ फर्केको 24 घण्टा बित्न नपाई निर्दलीय प्रार्थी सञ्चबीर सुब्बाले चुनावी जनसभालाई सम्बोधन गरे। निम्बोङ बजारमा आयोजित उक्त जनसभालाई क्षेत्रका बासिन्दा पदमलाल छेत्रीले अध्यक्षता गरेका थिए। यस अवसरमा क्षेत्रका जनताहरुको उत्साहजनक भीड रहेको थियो। निर्दलीय प्रार्थी सञ्चबीर सुब्बाको समर्थनमा आएका जनताहरुले सुब्बाको भाषणलाई एकै ठाउँमा बसेर खुबै धैर्यताको साथ सुनिरहेका थिए भने वाहनहरु चल्न नपाएको कारण सबै मानिसहरु जनसभा स्थलमा पैदल हिडेरनै तिनको समर्थनमा भेला भएका थिए।

“स्वाधिन भारतमा भोट हाल्ने अधिकार भारतको संविधानले दिएको छ। जनताले आफ्नो बहुमूल्य भोट कुनै पनि प्रार्थीलाई दिन सक्छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.