जीटीएमा नोमिनेटेड हुने आशा तृणमूल नेताहरुले नगर्नु – बिमल गुरुङ

डी के वाइबा, कालेबुङ 23 जुलाई :जीटीए चुनाउमा निर्बिरोध बिजयी बनेका गोजमुमो प्रमुख बिमल गुरुङ अहिले आफुले चयन गरेका प्रार्थीहरुलाई बिजयी बनाउँन चुनावी मैदानमा उत्रेर प्रार्थीहरुको प्रचारमा व्यस्त रहेका छन। यसै क्रममा आज गोजमुमो अध्यक्ष बिमल गुरुर्ङले यहाँको सात माईल स्थित मिलन क्लब मैदानमा अयोजित चुनावी जनसभालाई सम्बोधन गरे। तिनले मोर्चाले रहल सिटहरुमा चुनाउ नलडे पनि जीटीए सभा मोर्चाको दखलमा आएको दाबी गर्दै धेरजसो पुरानै कुराहरु दोहोर्‍याए। यस अवसरमा तिनले जीटीएको माध्यमबाट पहाडको बिकाश गर्ने दाबी गर्दै पहाडलाई स्वीजरल्याण्ड बनाउँछु भन्ने मुख्य मन्त्री ममता ब्यानर्जी पहाडको बिकाश गर्नलाई जीटीएमा पैसाको कमि राख्न नहुने स्पष्टरुपले बताएका छन। “हामी दार्जीलिङमा बिकाशको मूल फुटाउँनेछौ। बिपक्षी पार्टीहरुलाई पनि पहाडको बिकाश गरेर देखाईदिने छौ। दागोपापमा जस्तो जीटीएमा भ्रष्टचार हुने छैन। हामी जनताको आधारभूत आवश्यकताहरु जीटीएको माध्यमबाट पुरा गर्नेछौ” – बिमल गुरुङले चुनावी जनसभालाई सम्बोधन गर्दै भने। गोजमुमो पार्टीले बङगाल सरकारलाई हल्लाएर राखेको छ भन्दै अब सम्पूर्ण गाउँहरुमा बिकाश गरेर पहाडका बिपक्षी पार्टीहरुलाई पनि गतिलो जवाब दिने तिनले बताएका छन। पहाडको बिकाश कार्यहेरेर मोर्चालाई बिभिन्न लाञ्छना लगाउँने पार्टीहरुले पनि बिमल गुरुङबाट शिक्षा लिनुपर्ने कुरा देखाईदिने तिनले जनसभालाई सम्बोधन गर्ने क्रममा बताए। यस अवसरमा तिनले तृणमूल कङ्ग्रेसबाट चुनावी मैदानमा उत्रने  प्रार्थीहरुलाई कटाक्ष गर्दै अहिले ममता ब्यानर्जीले चुनाउ नलड्ने घोषणा गरेपछि तिनीहरु घरको न घाटको बनेको बताए। गोजमुमो पार्टीलाई चुनौति दिन उत्रेका तृणमूलका प्रार्थीहरुको कुनै कार्य गर्न नसक्ने बताउँदै अहिले घरी तिनीहरुले जीटीएमा नोमिनेटेड प्रार्थी बनिने सपना देख्न थालेको पनि बिमल गुरुङले बताए। “जीटीएमा नोमिनेटेड हुन्छु भनेर अहिले जताभावी भनेर हिड्नेहरुले नोमिनेटेडको सपना नदेख्दा हुन्छ। कसले गर्छ यहाँ तिमीहरुलाई नोमिनेटेड ? तृणमूलमा जानेहरु राम्रो मान्छेहरु होईनन, यस्ताहरुलाई नोमिनेटेड बनाएर हामी बदनाम हुने कार्य गर्दैनौँ। हाम्रो पार्टीमा धेरै राम्रो मान्छेहरु छन। तिमीहरु नोमिनेटेड हुने आशा नगर्नु” – गुरुङले अझ भने। यसै क्रममा तिनले यदि सरकारले जीटीएमा नोमिनेटेड बनाएर राख्न चाहे उक्त नोमिनेटेड व्यक्तिहरुले पनि जनमुक्ति मोर्चाको निर्देशनमा काम गर्नुपर्छ भनि सरकारलाई स्पष्ट बताए। पहाडमा गोजमुमो पार्टीले अब जीटीए गठन पछि यहाँको पढेका युवाहरुलाई रोजगारको व्यवस्था गर्ने साथै यहाँको आयस्रोतहरु बिभिन्न यहाँकै संसाधनहरु प्रयोगमा ल्याएर बडाउँने गुरुङले थप बताएका छन। अर्कोतिर उक्त क्षेत्रका प्रार्थी काजिम छिरिङ भोटियाले पनि चुनावी जनसभालाई सम्बोधन गर्दै गोजमुमो पार्टीले जीटीएको माध्यमबाट बिकाश कार्यहरु गरेर लैजाने दाबी गर्दै जनताको समस्या केवल गोजमुमो पार्टीले मात्र समाधान गर्ने दाबी गरेका छन। तिनले क्षेत्रको बिकाश कार्यको निम्ति जीटीए गठन पछि आएको धनराशी सय प्रतिशत जनहितमा प्रयोग गर्ने बताउँदै जनतालाई दिएको बचनहरु सबै पुरा गर्न कटिबद्ध रहने बताएका छन। स्थानीय वयोबृद्ध व्यक्ति एच बी छेत्रीको अध्यक्षतामा सम्पना उक्त चुनावी जनसभालाई निर्बिरोध बिजयी प्रार्थीहरु रतन थापा, प्रदिप प्रधान लगायत आदिले सम्बोधन गरेका थिए।

जीटीए चुनाउमा निर्बिरोध बिजयी बनेका गोजमुमो प्रमुख बिमल गुरुङ अहिले आफुले चयन गरेका प्रार्थीहरुलाई बिजयी बनाउँन चुनावी मैदानमा उत्रेर प्रार्थीहरुको प्रचारमा व्यस्त रहेका छन।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.