मुख्य मन्त्री ममता ब्यानर्जी कालेबुङ आउने निश्चित : तृणमूल प्रार्थीहरुको नामाङकन फिर्ता लिने ?

डी के वाइबा: कालेबुङ 10 जुलाई: अन्तत: तृणमूल नेत्री ममता ब्यानर्जी भानुजयन्ति कार्यक्रमको बहना बनाएर जीटीए चुनाउको मुखमा कालेबुङ आउँने निश्चित भएको छ। तिनी 13 जुलाईको दिन यहाँको टाउनहलमा आयोजित भानुजयन्ति कार्यक्रममा आईपुग्ने बिशेष सुत्रमार्फत थाह लागेको छ। जीटीए चुनाउको छेक पारेर मुख्यमन्त्री कालेबुङ आउने खबरले दार्जीलिङ पहाडको राजनीतिमा कस्तो असर पार्ने हुन भन्ने अहिले उत्तर बिहिन प्रश्नले सबैलाई सताउँन थालेको छ। एकातिर दार्जीलिङ पहाडमा हुने जीटीए चुनाउमा तृणमूल कङग्रेसले बिभिन्न समष्टिहरुबाट प्रार्थीहरु खडा गरेको छ भने अर्कोतर्फ तिनको भ्रमण आफ्ना प्रार्थीहरुलाई उत्साह प्रदान गर्नकै निम्ति हो भन्ने पनि राजनैतिक जानिफकारहरुको मत रहेको छ। माकपाको 34 बर्षे शाषणलाई समाप्त गरेर राज्यमा आफ्नो आधिपत्य जमाउँने ममता ब्यानर्जीले यस अघि पहाडमा आएर एकाधिक बिकाश कार्यहरुको घोषणा गरिसकेका छन भने यसपल्ट तिनको भ्रमण जीटीएको सत्ता कब्जा गर्नको निम्ति नै हो कि भन्ने प्रश्न पनि जटिल बनेको छ। तिनी कालेबुङ आउँने खबर फैलिन साथै तृणमूल समर्थकहरुमा खुशीको माहौल सृजना भएको छ भने गोर्खा जनमुक्ति मओर्चाले यसलाई कुन प्रकारले हेरोरहेको छ भन्ने कुरा पनि उत्तिकै गम्भिर रहेको छ। गोजमुमो पार्टीको 44 महिने आन्दोलनलाई कुटनैतिक चाल चलेर जीटीएमा थन्काउँने ममता ब्यानर्जीले यसपल्ट जीटीए चुनाउको मुखमा कस्तो कुटनैतिक चाल चल्ने हुन भन्ने सबैमा उत्सुकता बडीरहेको समयमा तिनको भ्रमण अवधी स्वागतमा मोर्चा नेताहरु हुने हो होईन भन्ने कुरा पनि अहिले जटिल बनेको छ। किन भने जीटीए चुनाउमा तृणमूल कङ्ग्रेसले पहाडबाट प्रार्थीहरु खडा गरेर गोजमुमो नेताहरु रुष्ट बनेका छन भने रुष्ट बनेका मोर्चा नेताहरुलाई फकाउँन तिनले कतै आफ्ना प्रार्थीहरुको नामाङकन फिर्ता लिने घोषणा गर्ने हुन कि भन्ने प्रश्न पनि अहिले घरी कालो बादल झै मडारिरह्को छ। बिशेष सुत्र मार्फत जानकारी पाएअ अनुसार तृनमूल नेत्री ममता ब्यानर्जीले पहाडबाट आफ्ना प्रार्थीहरुलाई नमाङकन फिर्ता लिने घोषणा गर्न सक्ने प्रबल सम्भावना रहेको छ। किन भने तिनको भ्रमन अवधी यदि तृणमूल प्रार्थीहरुको नामाङकन फिर्ता नलिए कालेबुङ भ्रमण अवधी तिनको स्वागतमा पहाडबात मोर्चा समर्थकहरु उपस्थित नहुने निश्चित रहेको छ। यस्तो अवस्थामा तिनले आफ्ना प्रार्थीहरुको नामाङ्कन जीटीए फिर्ता लिए गोजमुमो पार्टीले जोडदार स्वागत गर्ने निश्चित रहेको छ। प्रत्येक पल्ट पहाड आउँदा मोर्चाले तिनको जोडदार स्वागत गर्दै आईरहेको छ भने यसपल्ट तिनले जीटीए चुनाउमा नमाङकन दर्ता गर्ने प्रार्थीहरुको नामाङ्क फिर्ता नलिने घोषणा गरे तिनले यहाँ स्वागतको साटो बिरोधको समना गर्नुपर्ने स्थिति देखा परेको छ। सोहि कारण तिनले मोर्चा सित चुनावमा टक्कर लिएर आफ्नो भ्रमण अवधी बिरोध होस भन्ने पटक्क चाहेका छैनन। एकातिर तिनले पहाडका जनताहरुबाट बिरोधको समना गर्न नपरोस भन्ने सोच बनाईरहेकी छिन भने अर्कोतर्फ गोजमुमो पार्टीसित पहाडमा ट्क्कर लिए आफ्नै टाउको दुखाई हुने सम्भावना पनि उत्तिकै रहेको छ। यस्तो अवस्थामा तिनले जीटीए चुनाउमा मोर्चालाई ट्क्कर दिन चुनावी मएदानमा उतारेका सबै प्रार्थीहरुको नामाङक पत्र फिर्ता लिने घोषणा गरेर मोर्चा नेताहरुबाट प्यारो हुने समेत तिनले कुटनैतिक चाल चलेर आगमी पञ्चायत चुनावमा आखाँ गाडेको सुत्रबाट जानकारी प्राप्त भएको छ। तिनले आगमी 29 जुलाई महिनामा हुने जीटीए चुनाउमा पहाडबाट प्रार्थीहरुको नामाङ्कन दर्ता गर्न लगाएर मनोबैज्ञानिक तरिकाले पहाडमा तृणमूल कङ्ग्रेसको बिस्तार भईरहेको सन्देश पहाडवासीलाई दिन खोजिरहेका छन भने जीटीए चुनाउ पछि पहाडमा पञ्चायत चुनाउ सत्ता कब्जा गर्न तिनले आफ्नो पार्टी बिस्तार गर्ने सुनियोजित षडयन्त्र रचिरहेको राजनैतिक सचेतकहरुको भनाई रहेको छ।

अन्तत: तृणमूल नेत्री ममता ब्यानर्जी भानुजयन्ति कार्यक्रमको बहना बनाएर जीटीए चुनाउको मुखमा कालेबुङ आउँने निश्चित भएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.