मंग्पू|केशर मोक्तान: पश्चिम बङ्गाल सरकारका पर्यटन विभाग साथै हर्टिकल्चर एवं खाद्य प्रकरण विभागको संयुक्त तत्वधानमा मंग्पूलाई पनि पर्यटनको मानचित्रभित्र गाभ्ने योजना शुरु भएको छ | कालेबुंग डाइबेटिक सेन्टरका प्रभारी महादेव छेत्रीको नेतृत्वमा कोलकाताबाट आएका टोलीले मंग्पू कै विभिन्न क्षेत्रहरुको परिभ्रमण गरी मंग्पूलाई पनि विश्वको पर्यटन मानचित्र भित्र पहिचान गराउन वृतचित्रको छायांकन शुरु गरिएको छ | यस विषयमा सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाले मंग्पू अनि कालेबुंगमा उत्पादित विभिन्न प्रजातिका अर्किडहरु विश्व बजारमा पहिचान गराउन साथै मंग्पूमा भर्खरै शुरु गरिएको फूल खेतीलाई पनि माथिल्लो तहसम्म पुराउन पर्यटन उद्योगलाई लिएर सरकारको प्रयास रहेको उनले बताए |
कोलकाताबाट आएका छायांकन टोलीले मंग्पू कुइलेन कारखाना, रविन्द्रनाथ संग्राहलय, सिन्कोना बगान, रम्बी खोला लगायत मंग्पू फूल नर्सरी सम्म वृतचित्रको छायांकन गरिसकेको बताए | यस्तै गरी कालेबुंग महकुमा अन्तर्गत मन्सोंग सिन्कोना बगान, कालेबुंग दुर्बिन गुम्बा, मोर्गन हाउस, कालेबुंग शहर लगायत अन्य क्षेत्रहरुको पनि छायांकन गरिसकेको निर्देशक सुब्बाले बताए | विभागीय मन्त्री उज्ज्वल विश्वासलाई हामीले यस विषयमा अव्गात गराएको फलस्वरूप सोही आधारमा पनि यस कार्य सफल भएको डा० सुब्बाले जनाए | मंग्पू अनि कालेबुंगलाई पनि टुरिजममा गाभ्ने सरकार पक्षबाट प्रयासरत रहेको निर्देशकले अझ बताएका छन् |

Post a Comment