8 अक्टोबर
(कालेबुङ) :-
वाहन दूर्घटनामा परेर निखोज
भएका दार्जीलिङ पुलिसका अधिकारी
शिवसागर छेत्रीको शव आइतबार
मङपङसंलग्न क्षेत्रमा पाइएपछि
आज विभागीय सम्मानसहित उनको
अन्तिम संस्कार सम्पन्न गरियो।
दार्जीलिङ पुलिसका उच्च अधिकारीहरुलगायत
कालेबुङका आमनागरिकले आज उनलाई
अन्तिम श्रद्धाञ्जलि अर्पण
गरेपछि मल्लीस्थित लाबरबोटेमा
छेत्रीको दाहसंस्कार गरिएको
छ।वाहन दूर्घटनाग्रस्त भएर
टिस्टा खोलामा पसेको नौदिन
पछि आइतबार उनको शव मङपङ थानाअन्तर्गत
वासाबारीको कालागैती क्षेत्रमा
टिस्टा नदीको किनारमा पाइएको
थियो। उनीसँग दूर्घटनामा परेर
निखोज भएका वाहन चालक प्रितम
छेत्री अनि एनएचपीसीका कर्मचारी
सोमेन बेनर्जीको शव भने आजसम्म
उद्धार गर्न सकिएको छैन। गत 29 सेप्टेबरको
राती राष्ट्रीय
राजमार्ग 31एको गेलखोलानजिक
दूर्घटना हुँदा यी तीनैजना
वाहनसँगै टिस्टा खोलामा पसेका
थिए। घटनाको रातीदेखि नै टिस्टाका
र्याफ्टिङ समूहका गोताखोरहरुले
खोजी अभियान चलाएको भए पनि
सफलता हात लागेको थिएन। आइतबार
सेनाको सहयोग लिएर 8 वटा र्याफ्टिङ
समूहले घटनास्थलदेखि पचास
किलोमिटर तलसम्म खोज्दै जाँदा
छेत्रीको शव पाइएको थियो।
कालेबुङ
महकुमाको रम्बी थानाका
प्रभारी रहेका शिवसागर छेत्रीलाई
दिइएको गार्द अफ अनरको कार्यक्रममा
दार्जीलिङ पुलिसका अधिक्षक
कुणाल अग्रवाल. अतिरिक्त पुलिस
अधिक्षक सोङमित लेप्चालगायत
नागरिक समाजको सबैवर्गका मानिसहरु
उपस्थित थिए। कालेबुङको मेला
ग्राउण्डमा दार्जीलिङ पुलिसका
जवानहरुले शोक धुन बजाएर छेत्रीलाई
सम्मान जनाएका थिए। जिलापुलिसका
उच्च अधिकारीहरुसहित कालेबुङका
जीटीए सभासदहरु समुएल गुरुङ,
सिनिल प्रधान आदिले छेत्रीको
शवमा पुष्पअर्पण गरी श्रद्धाञलि
व्यक्त गरेका थिए। कालेबुङका
नागरिक समाजसँग नजिक र मिलनसार
रहेका स्व शिवसागर छेत्रीलाई
अन्तिम श्रद्धाञ्जलि प्रकट
गर्न जनसाधारणको पनि व्यापक
उपस्थिति थियो।
Post a Comment
We love to hear from you! What's on your mind?