मंग्पू | केशर मोक्तान: आज विश्व एड्स दिवसको अवसरमा मंग्पू व्रीज अफ होप संस्थाले एड्स रोगबारे सचेतना गराउँदै एक रयालीको आयोजन गरे | रयालीमा स्थानीय नानीहरुले एड्स विषय लेखेको विभिन्न ब्यानरहरु बोकेका थिए | सचेत हुन नै एड्स रोगको मुख्य औषधि हो, एड्स रोगलाई दुर गरौ एड्स रोगीलाई होइन, याद राखौ एड्स जस्तो घातक रोग पछि पनि जीवन रहन्छ भनी लेखिएको प्ले कार्डहरु बोकेर नानीहरुले परिक्रमा गरे | एड्स जस्तो प्राण घातक रोगको रोकथाम हुनपर्छ अनि एड्स समाजको निम्ति घातक प्रमाण भइसकेको भन्ने प्ले कार्ड बोकी समाजलाई सचेत गराउन ब्रीज अफ होप संस्थाका नानीहरु अघि आएका थिए | उक्त टोलीमा नानीहरुको साथ दिंदै शिक्षक शिक्षिकावर्ग पनि उपस्थित रहेका थिए भने नानीहरुले एड्स सचेतना बारे जागरुक गराउँदै स्थानीय बासिन्दाहरुलाई विश्व एड्स दिवसको अवसरमा एड्स चिन्हित ब्याज पनि लगाइदिए | उक्त र्याली मंग्पू रेशेप बजार देखि नालीडांडा सम्म परिक्रमा गरे | स्मरण रहोस् ब्रीज अफ होप मंग्पू संस्थाले सामाजिक उत्थानको निम्ति नानीहरुलाई शिक्षा दिनुको साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेका छन् | आज विश्व एड्स दिवसको दिन स्थानीय स्वास्थ्य केन्द्रहरुमा एड्स बारे सचेतना शिविर नगरेतापनि यस ब्रीज अफ होपले एड्स बारे अव्गात गराउँदै मंग्पूमा एक र्याली आयोजना गरेर उदाहरणीय कार्य गरेको छ |
Post a Comment
We love to hear from you! What's on your mind?