३२ मेघावाटको टिस्टा जल विधुत परियोजना चरण तीनको कार्य प्राय अन्ततिर - दिसम्बर महिनादेखि विधुत संचार हुने

मंग्पू | केशर मोक्तान: एनएचपीसी द्वारा निर्मित टिस्टा जल विधुत परियोजना चरण तीनको कार्य प्राय अन्त हुन लागेको छ | राष्ट्रिय राजमार्ग ३१ ए स्थित २७ माइल तल टिस्टा नदीमा निर्माण भइरहेको टिस्टा जल विधुत परियोजनाबाट विधुत उत्पादन यसै महिनाको अन्ततिर हुने एनएचपीसी अधिकारीबाट थाहा लागेको छ | १३२ मेघावाट गरी प्रत्येक चार भागमा विभाजन गरिएको छ | उक्त परियोजनाको प्रथम चरणमा ३२ - ३२ दुईवटा गरेर ६४ मेघावाटको परियोजना आगमी ३१ दिसम्बरमा शुरु गरिने सम्बन्धित अधिकारीले बताएका छन् | स्मरण रहोस् टिस्टा नदीमा एनएचपीसीको पाँच वटा विधुत परियोजना चलिरहेको छ भने तीनवटा परियोजना सिक्किममा दुईवटा दार्जीलिंग क्षेत्रमा निर्माणाधीन छ | प्राय: २००२ साल देखि शुरु गरिएको २७ माइल स्थित परियोजना चरण तीनको कार्य अन्ततिर आएको अनि उक्त परियोजना २ वटा प्रोजेक्ट यसै महिनाको अन्ततिर शुरु हुनेछ | अन्य दुईवटा परियोजना भने जनवरी महिनाको अन्ततिर जेनेरेट गरिने कुरो एनएचपीसी अधिकारीबाट जानकारी पाइएको छ | दार्जीलिंग क्षेत्रमा प्रथम चोटि संचालन हुन गइरहेको टिस्टा जल विधुत परियोजना चरण तीनको सम्झौता एनएचपीसी र राज्य सरकार माझ २००३ सालमा भएको जानकारी छ | उक्त परियोजनाबाट उत्पादन भएको विधुत बङ्गाल तथा अन्य राज्यहरुमा वितरण गरिने भएको छ | यसै गरी कालीझोडामा निर्माणाधीन टिस्टा जलविधुत परियोजना चरण चारको कार्य सेप्टेम्बर २०१३ सम्ममा पुरा हुने सम्बन्धित अधिकारीले बताएका छन् | दार्जीलिंग पहाडी क्षेत्रमा उत्पादित २ वटा विधुत परियोजनाबाट जीटीए क्षेत्रमा कतिको लाभ हुने हो त्यो कुरा भविष्य मै निहित छ |

एनएचपीसी द्वारा निर्मित टिस्टा जल विधुत परियोजना चरण तीनको कार्य प्राय अन्त हुन लागेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.