मङपुमा होलि | पसले संगठन सचिव मातृशोकमा | रोङचोङमा बिहीबारे हाट शुरु

Holi Celebration in Mungpoo
मङपु२८मार्च(केशर मोक्तान): हिन्दुहरुको पर्वको रुपमा पालन गरिने  रंगहरुको तिहार होलि पर्ब मङपु क्षेत्रमा भब्यताको साथ पालन गरियो | यहाको रेसेप बजार मारवाङी संगठन अनि मङपु बिहारी संगठनले भब्यताको साथ एक अर्कामा होलीको विभिन्न रंगहरु दलेर होलि उत्सव पालन गरे भने बिहारी संगठनका प्रतिनिधिहरुले स्थानीय मन्दिरमा होलीको गीत तथा भजन किर्तन प्रस्तुत गरे| यसरी मारवाङी संगठनका प्रतिनिधिवर्गले पनि बजार देखि नालीडाड़ा सम्म हातमा डफ बोकेर होलि गीत गाउदै हिलो होलि खेलेर होलि उत्सव पारम्परिक ढंगमा खेले |


 

पसले संगठन सचिव मातृशोकमा

मङपु पसले संगठन रेसेप बजारका  मूल सचिव सगेन तामांग हालमा मातृ शोकमापरेका  छन् | सचिवका माता यांग्लमु तामांग(शेर्पा)को आकस्मिक निधनले सम्पूर्ण पसले संगठनमा शोकको लहर छाएको  छ | उनले आफू पछि पति एन.के.तामांग,छोरा दुई सगेन अनि सचेन तामांग दुई छोरी एक बुहारी अनि नाता नातिनी छोड़ी गएका छन् यस दु:खको क्षणमा  उक्त बज्रपात सहन गर्ने शक्ति इश्वरले सपरिवारलाई प्रधान गर्ने प्राथना गर्दे संगठन शोकाकुल परिवार प्रति हार्दिक सम्बेदना प्रकट गर्दछ |


रोङचोङमा बिहीबारे हाट शुरु 

स्थानीय गाउँ बस्तीका मानिसहरुलाई  लाभ्वान्तित पार्न आज देखि रोङचोङ बस्तीमा बिहीबारे हाट शुरु भएको छ | उक्त हाटको उद्घाटन टेक बहादुर छेत्रीको बाहुलीबाट पूजा अर्चना गरि शुरु गरियो |यस हाटमा बिशेष गरि गाउँ बस्तीमा उमारेको शागसब्जी फलफुल लगायत अन्य सरसमान  आदि पाइने छ भेने रोलोक,लंकुबस्ती  सिटोंगबस्ती, भजनेबस्ती,रोङचोङबस्ती लोहापूल, सुन्तले, बिरिक आदि छेत्रका बासिन्दाहरुले यस हाटको लाभ उठाउन सक्ने छन् | उक्त जानकारी मोर्चा शाखा सचिव प्रकाश लेप्चाले दिएका छन् |


हिन्दुहरुको पर्वको रुपमा पालन गरिने रंगहरुको तिहार होलि पर्ब मङपु क्षेत्रमा भब्यताको साथ पालन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.