पेरुक बस्तीमा लेप्चा संगठनको सभा

आज लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने पेरूक बस्ती ( Peruk Busty, Mungpoo) मा लेन्डुप लेप्चाको अध्यक्षतामा अखिल भारतीय लेप्चा संगठनको एक जरूरी सभा सम्पन्न भयो | सभामा सचिव ओंङपु लेप्चाले सबैलाई स्वागत जनाउदै दार्जीलिंग केन्द्र समितिबाट आएका सम्पूर्ण सदस्यलाई आभार व्यक्त गर्दे स्वागत जनाए | सभामा रेन पेमा लामाले यस पेरुक बस्तीमा २५ घर लेप्चा जति रहेको अनि उक्त घरका सम्पूर्ण लेप्चा दाजु-भाई यस सभामा उपस्थित भइदिएकोमा धन्यबाद प्रकट गरे | उनले यस सभा गर्नुको मूल उदेश्य सम्पूर्ण लेप्चा जातिलाई एक सुत्रमा बाधनु मात्र रहेको अनि यसमा कुनै राजनैतिक स्वार्थ नरहेको बताए | रेन पेमा लामाले यस पेरुक बस्तीमा पिउने पानी,बाटो,जमीनको पट्टा र अन्य थुप्रै समस्याहरु रहेको केन्द्र समितिबाट आएका सदस्यहरुलाई अवगत गराए | सभालाई सम्बोधन गर्दे अखिल भारतीय लेप्चा संगठन केन्द्र समितिका सहसचिव रिन्छेन लेप्चाले एन.आर.जी.एस.को जबकार्ड बिषयमा सबैलाई  जानकारी गराउदै गाउका सबै लेप्चा दाजुभाई दिदीबहिनी शिक्षामा अघि बड़ने सल्लाह  दिए | अर्का बक्ता  केन्द्र समिति उपसभापति हेमन्त लेप्चाले यस गाउका प्रत्येक लेप्चा दाजुभाइलाई अखिल भारतीय लेप्चा संगठनको सदस्य ग्रहण गर्ने अनि उक्त सदस्य ग्रहण गर्दा बार्षिक दुई सय रुपिया गरेर केन्द्र समितिलाई शुल्क तिर्न पर्ने बताए | सभामा अ.भा.ले.स.के.सका महासचिव कर्म लेप्चा,कोषाध्यक्ष रन्जन लेप्चा लगायत अन्य प्रतिनिधिगण उपस्थित थिए |

आज लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने पेरूक बस्ती ( Peruk Busty, Mungpoo) मा लेन्डुप लेप्चाको अध्यक्षतामा अखिल भारतीय लेप्चा संगठनको एक जरूरी सभा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.