उदय थुलुङ अनि मनोज बोगटीलाई अभ्यर्थना

मङपु३०मार्च(केशर मोक्तान) : आज सत्य साई सेवा संगठन मङपु द्वारा स्थानीय साई निलायाम  केन्द्र मङपुमा साहित्य  अकादमी पुरस्कार २०१२ले सम्मानीत दुई साहित्यकार उदय थुलुङ अनि युवा साहित्यकार मनोज बोगटीलाई एक समारोह बीच अभ्यर्थना जनाइयो | शुरुमा समारोहका प्रमुख अतिथि बिबेक किशोर पाण्डेको बाहुलीबाट साई निलायम मन्दिरमा भगवान सत्य साईको तस्बीरमा दीप प्रज्वलन गरियो | यसरी सत्य साई सेवा संगठनका प्रतिनिधि एवम साई भक्तहरुले पर्णव मन्त्र,त्रिगायेत्री मन्त्र अनि बेद पाठ प्रस्तुत गरे पछि संगठनका सयोजक प्रेमदीप राइले स्वागत सम्भाषण राखे | सत्य साई सेवा संगठनका क्षेत्र दायुतावाहक मोहन ठकुरी अनि पप्पु पाण्डेले संचालन गरेको समोरोहामा साहित्य अकादमी पुरस्कार २०१२ले सम्मानीत मङपुका कथाकार उदय थुलुङलाई समारोहका प्रमुख अतिथि बिबेक किशोर पाण्डेको बाहुलीबाट स्मृति चिन्ह अनि उपहार दिएर सम्मान जनाइयो भने  साहित्य अकादमी युवा पुरुस्कारले सम्मानीत युवा कवि मनोज बोगटीलाई साहित्यकार मोहन ठकुरीको बाहुलीबाट स्मृति चिन्ह एवमं उपहार प्रधान गरियो | कार्यक्रममा बिबेक किशोर पाण्डेले अध्यात्मिक वार्ता प्रस्तुत गरे | समरोहलाई सम्बोधन गर्दे कवि उदय थुलुङले आज हाम्रो नेपाली साहित्यमा उपन्यास,नाटक अनि बाल साहित्यको अभाव रहेको  बताउदै यी विधाहरुमा पनि हाम्रा साहित्यिक स्रष्टाहरुले कलम चलाउनु पर्ने कुरा माथि जोर दिए | समारोहमा साहित्यकार मोहन ठकुरी,उदय थुलुङ,सुधीर राई,मनोज बोगटी,सुरज रौसुरी,सुबास  छेत्री,देवलाल मोक्तान अनि डी.के.वाइबाले मिठो कविता वाचन गरेर उपस्थित सबैलाई मन्त्र मुग्ध पारे |

आज सत्य साई सेवा संगठन मङपु द्वारा स्थानीय साई निलायाम केन्द्र मङपुमा साहित्य अकादमी पुरस्कार २०१२ले सम्मानीत दुई साहित्यकार उदय थुलुङ अनि युवा साहित्यकार मनोज बोगटीलाई

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.