मङपु:९अप्रेल(केशर
मोक्तान): लाब्दा
मङपु समष्टि अन्तर्गत पर्ने
राष्ट्रिय राजमार्ग ३१ए
रम्बी हाइवेबाट हिज तृणमूलमा
सामेल हुने मोर्चा समर्थकहरु
२४ घण्टा नबित्दै फेरी गोजमुमोमा
नै सामेल भएका छन् | त्रिन्मुल
हाइवे कमिटीमा सयोजक पद पाएका
योगेश विश्वकर्म लगायत १४ जना
मोर्चा समर्थक फेरी गोजमुमोमा
नै फर्की आएका छन् | आज मङपु पी.डब्लु
बंग्लोमा मोर्चा हाईवे समर्थकहरु
सित आएका हिज टी.एम.सी.मा सामेल
भएका १४ जना कार्यकर्ताहरुले
लाब्दा मङपु समष्टीका सभासद
रतन थापालाई टी.एम.सी.को सम्पूर्ण
झण्डा सुम्पेका छन् | योगेस बिश्वर्कर्मले
मोर्चा रम्बी शाखा संग मतभेद
एवम मन मिटव भएको कारण नै हिज
टी.एम.सी.मा सामेल हुनु पुगको
बताउदै तर आज आएर छेत्रिय सभासद
रतन थापा सित हामीले भेट गर्दा
उनि एकदमै राम्रो नेता रहेछन
अनि उनि संग हाम्रो तालमेल
राम्रो भएको कारण नै आज फेरी
मोर्चामा नै फर्की आएको बताए | योगेसले
भोलिको दिनमा मोर्चाबाट दमन
अनि सोसन भए फेरी अन्य कुनै
पार्टीमा जाने स्पष्ट संकेत
दिए | यसरी सभासद रतन थापाले
पत्रकारहरुलाई सम्बोधन गर्दे
मोर्चा कार्यकर्ताहरु टी.एम्.सी.मा
सामेल भएको आजको पत्रपत्रिका
मार्फत थाहा पायौ हिज टी.एम.सी.मा
रम्बीबाट टी.एम.सी.मा जानेहरु
आज फेरी मोर्चामा नै फर्की
आएका छन उनिहरुमा साखा संग
सानो सानो केही मन मिटव हुदा
मात्र टी.एम सी. मा सामेल भएका
थिए र आज फेरी आफ्नै घरमा फर्की
आएका छन् हिज पनि उनिहरु हाम्रो
घरको नै थियो र आन्दोलन अवधि
देखि नै मोर्चामा ध्रेरै
खटेका कार्यकर्ता थिए यसैले
उनीहरुलाई हामी मोर्चाको हार्दिक
स्वागत जनाउदछौ | आजको कार्यक्रममा
मोर्चा हाइवे ब्लक कमिटीबाट
सगर लामा,नर्बु तामांग अनि
मोर्चा मङपु जोन सभापति प्रदीप
छेत्री अनि दा.ता.डु.प्लान.ले.यू.सिन्कोना
सचिव गगन राई उपस्थित थिए |
२४ घण्टा नबित्दै रम्बीका तृणमूलमा सामेल हुनेहरु मोर्चामा फर्के
10Apr2013
Post a Comment