समथार स्वास्थ्य केन्द्रमा एन.एच.पी.सी.को पक्षबाट स्वास्थ्य सामग्री बितावारण

मङपु८अप्रेल(केशर मोक्तान): एन.एच.पी.सी. टिस्टा जलबिधुत  परियोजना चरण तीन रम्बीले  दार्जीलिंग क्षेत्रका प्राथामिक स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामग्रीहरु दिने महत कार्य गरिरहेका छन् | सी.एस.आर. प्रोजेक्ट धन्वन्तरी कार्यक्रम अन्तर्गत गत ६ अप्रेलको दिन स्थानीय समथार  प्राथामिक स्वास्थ्य केन्द्रमा एन.एच.पी.सी.को पक्षबाट स्वास्थ्य समाग्रीहरु अस्पताल कृतपक्षलाई प्रधान गरियो | एन.एच.पी.सी. एच.आर.विभागका अधिकारी पिनिगल किसपोटीय,सिबिल अधिकारी एन.भद्र.सिंग,अनि डक्टर एन.एम.प्रसादको बाहुलीबाट समथार प्राथामिक स्वास्थ्य केन्द्रका डक्टर एस.चक्रवतीलाई ओक्सीजेनेरेटर मेसिन,नेबुलाइजेर मेसिन अक्सीजन सीलेडर,अटोक्लेव मेसिन अनि अन्य ५६ वटा स्वास्थ्य सामग्री प्रधान गरियो | उक्त प्राथामिक स्वास्थ्य केन्द्रमा एनएच.पी.सी.को पक्षबाट वितरण गरिएको स्वास्थ्य सामग्री सुरुक, समथार,समलबुंग अनि सिन्जी क्षेत्रका सम्पूर्ण बासिनदाहरुले  लाभ उठाउन सक्ने एन.एच.पी.सी.अधिकारीले बताएका छन् | समारोहलाई सम्बोधन गर्दे एन.एच.पी.सी. अधिकारी एन.भद्र.सिंगले आगामी दिनमा शिक्षा,स्वास्थ्य अनि अन्य महत्वपूर्ण बिषयमा एन.एच.पी.सी.को पक्षबाट सदैव सहयोग गर्ने बताउदै स्थानीय जनताले पनि जलबिधुत परियोजना निर्माणको निम्ति सहयोग गर्ने आवहन गरे | यसरी स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा एन.एच.पी.सी.को पक्षबाट स्वास्थ्य सामग्री बितावारण गरिएकोमा स्थानीय जनताले एन.एच.पी.सी.लाई आभार ब्यक्त गरेका छन् | स्मरण रहोस यस भन्दा अघि एन.एच.पी.सी.का महाप्रबन्दक आर.के. बर्माको  बाहुलीबाट रम्बी वजार स्वास्थ्य केन्द्रमा पनि यस प्रकारको स्वास्थ्य सामग्री वितरण गरिएको छ | यसरी कोरपोरेट समाजिक कार्यक्रम अन्तर्गत एन.एच.पी.सी.को पक्षबाट रियांगमा निर्मित सार्वजनिक भवनको पनि हालैमा महाप्रबन्दक आर.के. बर्माको  बाहुलीबाट उदघाटण गरिएको जानकारी अधिकारी कौसिक दासले दिएका छन् |

एन.एच.पी.सी. टिस्टा जलबिधुत परियोजना चरण तीन रम्बीले दार्जीलिंग क्षेत्रका प्राथामिक स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामग्रीहरु दिने महत कार्य गरिरहेका छन् |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.