मङपु निवासी
अनुप राइको बासस्थानमा सात
दिन ब्यापी श्रीमदभागवत
म्हापुरण सम्पन्न भयो | पितृ
पूजा हेतु प्रत्यक बर्ष झैँ
यस बर्ष पनि सप्ताह ब्यापी
महापुराण लगाएको जानकारी
अनुप राइले दिए | यस धार्मिक
अनुष्ठानमा मङपु,सिक्किम
लगायत अन्य ठाउँबाट पनि
भक्तजनहरु उपस्थित रहेका
थिए | पुजामा श्री श्री जीवनदास
महाराज द्वरा तारतम बाणी पाठ
अनि श्री श्री रोहित महाराज
द्वरा भागवत महापुराण प्रस्तुत
गरियो | महाराजहरुले प्रत्येक
दिन भक्तजनहरुलाई मीठा मीठा
प्रबचन सुनाए | यसरी भक्तजनहरुले
पूजा अवधि भरि भजन किर्तन प्रस्तुत
गरे | सात दिनब्यापी श्रीमद
भागवत महापुराण सफलतापूर्बक
साथ सम्पन्न भएकोमा आयोजक अनुप
राईले सबैलाई आभार व्यक्त
गरेका छन् |
मङपुमा श्रीमदभागवत महापुराण समापन
11Apr2013
Post a Comment