२० अप्रेल शरण “मुस्कान”को “मुलधारतिर” बहने

मङपु१४अप्रेल(केशर मोक्तान): साहित्यको उर्वर  भूमि मङपुमा जन्म लिएका युवा कवि,साहित्यकार एवं पत्रकार शरण गुरुङ(मुस्कान)को दोस्रो कृति कविता संग्रह “मूलधारातिर”को लोकार्पण आगामी २०अप्रेल१३को दिन स्थानीय रम्बी विभाग सार्बजनिक भवनमा सम्पन्न हुने भएको छ | कवि शरणको पहिलो कृति कविता संग्रह मनको शहर २००३मा नै प्रकाशित भइसकेका छन् भने मङपु साहित्य परिषदको आयोजनामा सम्पन्न हुने उक्त साहित्यक कार्यक्रममा प्रमुख अतिथिको रुपमा साहित्य अकादमीका कार्यकारिणी सदस्य प्रेम प्रधान अनि बिशिष्ट अतिथिको रुपमा जी.टी.ए. बन विभागका कार्यकारिणी सभासद रतन थापा र सिन्कोना बगान निर्देशक डा०.जी.सी.सुब्बा उपस्थित रहने  भएका छन् | मङपु साहित्य परिषदको पक्षबाट उक्त दिन साहित्य अकादमी २०१२ले सम्मानित साहित्यकार उदय थुलुङ अनि युवा साहित्य अकादमी २०१२ले सम्मानित साहित्यकार मनोज बोगटीलाई अभ्यर्थना पनि जनाउने भएको छ | उदय थुलुङको कथासंग्रह “एकान्तबास” माथि सुभद्र बम्जनले अनि मनोज बोगटीको कविता संग्रह “घाउका रंगहरु” माथि अजय खड़काले वार्ता प्रस्तुत गर्ने भएको छ | त्यस साहित्यक समारोहमा मङपुका बरिष्ठ साहित्यकार मोहन ठकुरी अनि दार्जीलिङ,कालेम्पोंग,खरसाग,सिलगुडी,डुवर्सका साहित्यकारवर्गले कविता वाचन गर्ने भएका छन् | उक्त साहित्यक भेलामा  आयोजक समिति सम्पूर्ण साहित्यक अनुरागीहरुलाई हार्दिक स्वागत जनाउदछ |

साहित्यको उर्वर भूमि मङपुमा जन्म लिएका युवा कवि,साहित्यकार एवं पत्रकार शरण गुरुङ(मुस्कान)को दोस्रो कृति कविता संग्रह “मूलधारातिर”को लोकार्पण आगामी २०अप्रेल१३को दिन स्थानीय रम्बी विभाग सार्बजनिक भवनमा सम्पन्न हुने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.