शरण मुस्कानको दोस्रो कृति "मुलधारतिर" - को बिमोचन

मङपु२०अप्रेल(केशर मोक्तान) : मङपु  साहित्य परिदको आयोजनामा आज स्थानीय रम्बी बीचकमान सार्बजनिक भवनमा ऐ.क.गुरुङ को अध्यक्षतामा एक साहित्यक कार्यक्रम बीच शरण मुस्कानको दोस्रो कृति कविता संग्रह "मुलधारतिर" - को  बिमोचन समारोहका प्रमुख अतिथि प्रेम प्रधान,बिशिष्ट अतिथि दुई सभासद रतन थापा,सिन्कोना बगान निर्देशक डा० जी.सी. सुब्बा,सह ब्यवासथापक बिदुर कार्की अनि प्रकाशक डा.मिलन तामांगको लगायत अन्यको बाहुलीबाट गरियो | समरोहमा   मसापका सचिव दीप थापाले स्वागत सम्भाषण राखे | यसरी साहित्य अकादमी पुरस्कर २०१२ले सम्मानीत कथाकार उदय थुलुङलाई सभासद रतन थापाको बाहुलीबाट स्मृति चिन्ह,नेपाली टोपी अनि साल प्रधान गरियो भने सिन्कोना बगान निर्देशक डा. सुब्बाको बाहुलीबाट साहित्य अकादमी युवा पुरुस्कर २०१२ले सम्मानित कबि मनोज बोगटीलाई स्मृति चिन्ह दिएर सम्मान जनाइयो | नेपाली  साहित्य अकादमीका कार्यकारिणी सदस्य प्रेम प्रधानको बाहुलीबाट कबि शरण गुरुङ मुस्कानलाई नेपाली टोपी,साल अनि बुके प्रधान गरेर सम्मान जानाईयो | यसरी कवियत्री  सुभद्र बम्जनले उदय थुलुङको कथासंग्रह एकान्तवास  माथि वार्ता प्रस्तुत गरे भने खड़का योन्जनले मनोज बोगटीको कविता संग्रह घाउका रंगहरु माथि वार्ता प्रस्तुत गरे | शरण मुस्कानको कविता माथि मिलन बान्तवाले वार्ता प्रस्तुत गरे | सुजीत थापा,बिशोर कार्की अनि अनीत खातीले संचालन गरेको यस साहित्यक कार्यक्रममा मनोज बोगटी,निमा शेर्पा,सबिता संकल्प,भुपेन्द्र सुब्बा,नबीन सुब्बा र कर्ण बिरहले पनि कविता वाचन गरे | प्रमुख अथिति प्रेम प्रधानले समोरोहलाई सम्बोधन गर्दै इलेक्ट्रोनिक समयमा साहित्यलाई बाच्न धेरै गाह्रो परिरहेता पनि शरण मुस्कानले कविता संग्रह मुलधार प्रकाशित गरेर नेपाली साहित्यलाई पुराएको योगदान प्रति आभार व्यक्त गरे | विशिष्ट अतिथि जी.टी.ऐ.क्षेत्रीय सभासद रतन थापाले मङपु साहित्य परिषदलाई एक भब्य साहित्यक कार्यक्रम मङपुमा गर्ने आवाहन गर्दै यसको निम्ति आफूले सहयोग गर्ने बताए अनि शरण मुस्कानको कविता संग्रह प्रकासित गरिदिए बापत घुम कलेजका प्राचार्य डा.मिलन तामांगलाई आभार ब्यक्त गरे | यसरी विशिष्ट अतिथि डा.जी.सी. सुब्बाले शरण मुस्कानलाई मूलधारा कविता संग्रह निकाल्न सक्षम भएकोमा बधाई टक्राए | कार्यक्रममा डा.मिलन तामांग,शरण मुस्कान, उदय थुलुङ.अनि मनोज बोगटीले पनि सम्बोधन गरे |

मङपु साहित्य परिषदको आयोजनामा आज स्थानीय रम्बी बीचकमान सार्बजनिक भवनमा ऐ.क.गुरुङ को अध्यक्षतामा एक साहित्यक कार्यक्रम बीच शरण मुस्कानको दोस्रो कृति कविता संग्रह

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.