बिकाशले लाब्दा- मङपु समष्टिको मानचित्र परिवर्तन गर्ने: रतन थापा

Sabasad Ratan thapa in gta office
मङपु | २५अप्रेल(केशर मोक्तान) : गोरामुमोको २१ बर्षे शासनकालमा  विकास देखि बन्चित रहेका  लाब्दा मङपु समष्टिमा विकाशको  मध्यमबाट मानचित्र परिवर्तन गर्ने योजना रहेको जानकारी क्षेत्रीय सभासद रतन थापाले पत्रकारहरुलाई बताएका छन् | उनले हालमा जी.टी.ए. गठन भएको ८ महीनामा नै यस क्षेत्रमा धेरै नै बिकाशमुलक कार्य भइरहेको ठोकुवा गरे | लाब्दा मङपु समष्टिमा बाटो,बिजुलीबत्ती,स्वास्थ्य अनि शिक्षालाई प्रथामिकता दिएर कार्य गरिरहेको जनाए | उनले हालमा जी.टी.ए.को मध्यमबाट अव्यवस्थित  ढंगमा रहेको मूल सडकहरु जस्तै रेसेप कटुवाल गोलाई देखि दोकानडाड़ा बीचकमान  सम्मको सडकमा अलकत्र बिछाउने कार्य भइरहेको बताउदै ८०को दशकमा मर्मत नगरिएका  निर्मला चोकदेखि सरस्वती विद्यालय सम्मको जाने सडकको अवस्था जीर्ण रहेको कारण त्यस सडकलाई पनि मर्मत गर्दै निर्माण गरिरहेको बताए | यस्तै गरि सिम्ले गोलाई देखि कामीडाड़ा सम्म अनि अनि वागगौड़ा देखि गुरुङगाउँ लाब्दा वस्ती सम्म सडक नवनिर्माण गर्ने कार्य भइरहेको जनाए | अर्कोतिर बीचगाउँ लाब्दा देखि जोगिघाट सम्म अनि नालीडाड़ा फाटक देखि रेसेप बजार सम्मको सडकमा अलकत्र बिछाउने कार्य पुरा भईसकेको सभासद थापाले बताए | उनले पहिलेको सत्ताशीन पार्टीहरुले धेरै वर्ष सम्म नगरेको काम जी.टी.ए.ले ८ महिनाको अवधिमा द्रुत गतिमा गरेर बिकाश गरिरहेको जनाए | सभासद रतन थापाले बल्ल बल्ल आएको विकाशको काममा ठेकदारहरुले पनि आफ्नै सम्झी सहि तरिकाले सठीक ढंगमा कार्य गर्नु पर्ने अनि बिकाशको कार्य धाधली रहित होस् अनि यसको निम्ति सबैको सहयोगको खाचो रहेको जनाए |  यस्तै गरि प्रधानमन्त्री ग्राम सडक योजना मार्फत ३ कड़ोरको लागतमा रन्जुभेल्ली देखि तल्लो गाउँ सम्म जाने पक्की सडक निर्माण गर्ने | आर.ए.डी.एफ.मार्फत लाब्दा बस्ती धुप्पीडाड़ा देखि  बोरदांग प्राथमिक पाठशाला सम्म पक्की सडक नवनिर्माण झट्टै हुने | पी.एम.जी.एस.वाई.मार्फत कुवापानी देखि लाब्दा शान्ती धुरा सम्म पक्की सडक नवनिर्माण अनि लाब्दा कमान देखि नालीडाड़ा सम्म पनि अलकत्रे बिछाउने कार्य चाड़ै हुने योजना रहेको जनाए | अर्को तिर मङपु क्षेत्रको खण्ड बिकाश कार्यालय अनि थाना पनि रंग्लीरंग्लीयट तक्दामा पर्ने भएकोले जी.टी.ए.को पहलमा बीचकामन देखि तक्दाह सम्म जाने पक्की सडक पनि नवनिर्माण भईरहेको बताउदै यस कार्यको निम्ति ५ बर्ष जति लाग्ने बताए | यसरी मङपु सिटोंगलाई जोडने जोगीघाट स्टीलब्रिजको पनि नवनिर्माण कार्य भईरहेको अनि आगामी बर्ष सम्म उक्त कार्य पुरा हुने बताए | यस समष्टिको कतिवाट ठाउँ सुन्तले कमान,रेसेप फरेस्ट वस्ती,सिम्ले १० नम्बर अनि रीबोंग बस्तीमा पनि जी टी.ए.को  माध्यमबाट ७५ प्रतिसत सुब्यावस्थित तरिकाले बिधुतिकरण गरिसकेको अनि अजै २५ प्रतिसत सहितरिकाले बिधुतिकरण गर्न बाकी नै रहेको जनाए | यस समष्टिमा भने जस्तो स्वास्थ्य केन्द्र एवं अस्पताल नभएको कारण यसको निम्ति पनि मङपुमा झट्टै एउटा स्वास्थ्य केन्द्र बनाउनको निम्ति जी.टी.ए.बाट पहल गर्दे राज्य समक्ष कागजपत्र चलाईसकेको बताए | गाउँ समाजलाई बिकाश गर्नुमा शिक्षा नै मूल आधार हो यसैले शिक्षालाई पनि प्रथामिकता दिएर काम गर्ने योजना रहेको सभासद रतन थापाले पत्रकारहरुलाई जनाए | 

गोरामुमोको २१ बर्षे शासनकालमा विकास देखि बन्चित रहेका लाब्दा मङपु समष्टिमा विकाशको मध्यमबाट मानचित्र परिवर्तन गर्ने योजना रहेको जानकारी क्षेत्रीय सभासद रतन थापाले पत्रकारहरुलाई बताएका छन् |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.