मङपुमा बिधुत अनियमितता, उपभोक्ता हैरान

Disturbed electricity in mungpoo
मङपु२७अप्रेल(निस:)
 कालेबुङबाट  जड़ान गरिएर मङपु ल्याएको  बिजुली बत्ती दैनिक रुपमा  अनियमिता भए पछि उपभोक्तावर्ग हैरान भएका छन् | हिज पनि बेलुकी गएको बिजुली रातभरि प्रतिक्षा गर्दा पनि नआए पछि उपोभोक्तावर्गले बिधुत बिभाग प्रति आक्रोश ब्यक्त गरेका छन् | संग संगै बिधुत बिभागले उपभोक्ताको कुनै वास्ता  नगरी आफ्नै मनमानीले बिजुली काटिनेगर्छ जसको शिकार साधारण जनता हुनु बाध्य बनेको छ | दैनिक बिधुत जाने गरेको कारण हालमा सम्पन्न भईरहेको आई.पी.एल. क्रिकेट को मनोरंजन लिन बाट पनि मङपुका खेलप्रेमीहरु बन्चित रहन परेको छ मङपुमा कुनै पनि भब्य कार्यक्रम रहेको समयमा पनि बारम्बार बिधुत काटिने गरेको जनगुनासो रही आएको छ | बर्खाको मौसम नआई त बिधुतको यस क्षेत्रमा यस्तो अनियमितता छ भने बर्खा शुरु भए झन कसो होला भन्ने उपोभोक्तवर्गले बिधुत बिभागप्रति प्रश्न गर्न थालेका छन् | दैनिक बिधुत अनियमितताको कारण बिधुतद्वारा संचालन हुने जेरक्स सेन्टर,कम्प्युटर सेन्टर लगायत सरकारी अनि गैरसरकारी कार्यालयहरुमा दैनिक कार्य नै ठप्प  भएको गुनासो छ | यसर्थ सम्पूर्ण कुराहरुलाई मध्यनजर राख्दै दैनिक रुपमा यस क्षेत्रमा बिधुत संचार गरिदिने उपोभोक्तवर्गले बिधुत अधिकारीवर्गलाई मांग गरेका छन् | कालेबुङबाट जड़ान गरिएर मङपु ल्याएको बिजुली बत्ती काटिए पछि यसको असर लाब्दा बस्ती,सिटोंग कमान अनि लाठपन्चर सम्म पर्न जान्छ यसर्थ सम्पूर्ण समस्यहरुलाई मध्य नजर राख्दै मङपु क्षेत्रमा वेकल्पिक सबस्टेसन निर्माण गर्न अति नै जरुरी देखिन्छ |

कालेबुङबाट जड़ान गरिएर मङपु लएको बिजुली बत्ती दैनिक रुपमा अनियमिता भए पछि उपभोक्तावर्ग हैरान भएका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.