संसारको कुनै पनि शक्तिले गोर्खाल्याण्ड दिन सक्दैन भन्नु घिसिङको पागलपन हो:रमेश लामा

Ramesh Lama, Sabhasad GTA, Peshok - takling samasti
मङपु२८अप्रेल(केशर मोक्तान):  संसारमा कुनै पनि शक्तिले गोर्खाल्याण्ड दिन सक्दैन भन्ने गोरामुमो सुप्रिमो सुबास घिसिङको बयान प्रति  मोर्चाले घोर आपत्ति जनाउदै प्रतिक्रिया व्यक्त गरेका  छन् | जी.टी.ए.प्राणी एवं सम्पदा विभाग अनि पेशोक तकलिंग समष्टिका कार्यकारिणी सदश्य रमेश लामाले वर्तमान परिस्थितिमा आएर सुबास घिसिङको  पागलपन मात्र भएको आरोप लगाएको छ | पागल मान्छेले जे पनि भन्न सक्छ  यस्तो कुरामा जनताले बिश्वास  गर्नु हुदैन गोर्खा जति एक भए अवश्य एक दिन छुट्टै राज्य गोर्खाल्याण्ड  हुन् सकछ , यदि सुबास घिसिङलाई  गोर्खाल्याण्ड हुदैन भनेर थाहा थियो भने १९८६ मा छुट्टै राज्य गोर्खाल्याण्डको मांग गरेर १२ सय गोर्खे सन्तानलाई किन सहिद बनायो ? सभासद रमेश लामाले घिसिङ प्रति प्रश्न गरेका छन् | घिसिङको  पाहाड़मा २१ बर्षे   कालो  हुकुमत शासनकालमा गोर्खाल्याण्डको खातिर नै सी.के.प्रधान, प्रकाश थिंङ अनि रुद्र प्रधान जस्ता नेताहरुको हत्या भयो | गोजामुमोले गोर्खाल्याण्डको मांगलाई कहिले ड्रप गरेको छैन तर सुबास घिसिङले छैटौं अनुसूचीको सम्झौता गर्दा नै फूल एण्ड फाइनल सेटेलमेन्ट भनेर सहि छाप गर्दै गोर्खा जातीको जातीय अस्मिताको चिनारीलाई बेची खाएको छ तर गोजामुमोले त्रिपक्षीय सम्झौतामा फेरी छुट्टै राज्य गोर्खाल्याण्डको मांगलाई उठाउन सक्ने प्रसस्त ठाउँ राखेको छ | दा.गो.पा.प् को २१ बर्षे कालो शासनकालमा सुबास घिसिङले नै स्थानीय जन्तालाई टिस्टा  कहिले सुक्दैन गोर्खा कहिले झुक्दैन,वी वान्ट गोर्खाल्याण्डको भन्ने नाराहरु लगाउनु लगाए तर अहिले आएर उनले नै संसारको कुनै पनि शक्तिले गोर्खाल्याण्ड दिन सक्दैन भन्नु त्यो घिसिङको पागलपन मात्र हो भने सभासद रमेश लामाले जनाए |

संसारमा कुनै पनि शक्तिले गोर्खाल्याण्ड दिन सक्दैन भन्ने गोरामुमो सुप्रिमो सुबास घिसिङको बयान प्रति मोर्चाले घोर आपत्ति जनाउदै प्रतिक्रिया व्यक्त गरेका छन् |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.