मंग्पू कुइलेन कारखानाको शिलान्यास | पुन:निर्माणको निम्ति ५१ करोड लाग्ने, जीटीएबाट ५ करोड दिने

मंग्पू | ३ अप्रेल, केशर मोक्तान: १९९९ सालदेखि बन्द अवस्थामा रहेको मंग्पू  कुइलेन कारखानालाई पूर्णरुपले संचालन गर्न जीटीए अघि आएको छ | पहाडको दोश्रो बृहत उध्योगको रुपमा चिनिने कुइलेन कारखानाको शिलान्यास आज जीटीए प्रमुख श्री बिमल गुरुङको उपस्थितिमा जीटीए सभा डेपुटी चेयरमेन लोप्सांग लामा अनि डेपुटी चिफ कर्नल रमेश आलेको बाहुलीबाट गरियो | यसै अवसरमा सिन्कोना निर्देशक डा० सुब्बाले जीटीए प्रमुखलाई  मंग्पू कुइलेन  कारखानाको परिभ्रमण पनि गराए | कार्यक्रमको दोश्रो चरणमा स्थानीय रविन्द्र भवनमा कर्नल रमेश आलेको अध्यक्षतामा एक सभा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दै जीटीए प्रमुख बिमल गुरुङले यस कारखाना निर्माणको निम्ति ५१ करोड भन्दा अधिक रुपियाँ लाग्ने बताउँदै कारखाना निर्माणको निम्ति प्रथम चरणमा ५ करोड रुपियाँ जीटीए मार्फत दिने घोषणा गरेको छ | कारखाना निर्माणको निम्ति पूर्ण पारदर्शिता अपनाउन पर्ने बताउँदै उनले मंग्पूका शिक्षित र सचेत जमातलाई पनि प्रसंसा गर्दै सबैले यस कार्यको निम्ति एकजुट हुन पर्ने पनि तिनले बताएका छन् | 
उनले कारखानामा ट्याब्लेट मात्र होइन जीवन रक्षक औषधि पनि भविष्यमा उत्पादन गर्नु पर्ने बताए | यतिका दिन सम्म कारखाना किन बन्द भयो भन्ने विषयतिर नलागेर कारखानालाई कसरी राम्रोसित संचालन गर्न सकिन्छ त्यस विषयमा सोच्न पर्ने बताए गुरुङले बताए | अब सिन्कोना उध्योगलाई मंग्पूबासीको जीवन चलाउने कारखाना मात्र नसम्झेर कारखानालाई असल ढंगमा संचालन गर्दै पर्यटन क्षेत्रमा पनि सिन्कोना कारखानाको महत्व राख्ने विषयमा जीटीए चिफले धेरै नै जोड दिएको छ |

कार्यक्रम अवधि श्री बिमल गुरुङले मंग्पूको शैक्षिक क्षेत्रको प्रसंसा गर्दै शिक्षा विषयमा मंग्पूको जनताले भोग्न परेको समस्यालाई ध्यान राख्दै मंग्पूमा धेरैवटा  सरकारी अनि गैर सरकारी विधालयहरु रहेको कारण यहाँ एउटा सरकारी महाविधालयको आवशयकता रहेकोले मंग्पूमा जीटीए मार्फत चाडै नै एउटा महाविधालय निर्माण गर्ने पनि बताएका छन् |

यसरी नै कुइलेन बगान कर्मचारी अनिरुद्र रावतले संचालन गरेको कार्यक्रममा सिन्कोना कर्मचारीवर्ग को पक्षमा कुइलेनवीद जे० सादाले जीटीए प्रमुखलाई स्मारिका पत्र पनि हस्तान्तरण गरे भने बगान निर्देशक डा० जी० सी० सुब्बाले संक्षिप्तमा सिन्कोनाको जानकारी दिए | यसरी नै जीटीए सिन्कोना बगान सभासद सामुएल गुरुङले जीटीए प्रमुखले सिन्कोना बगानको निम्ति ठुलो संकल्प लिएको र यसलाई सबै मिलेर पुरा गर्न पर्ने बताए | वर्तमान बिग्रिएको सिन्कोना उध्योगलाई सपारेर लाने सबैको जिम्मेवारी रहेको बताउँदै उनले यो कारखाना अत्याधुनिक तकनिकी लगाएर धेरै खर्चको लागतमा पुन:निर्माण गरिने बताए| कारखाना निर्माणको निम्ति राज्य र केन्द सरकार दुवैको सहयोग जरुरी रहेको बताए | 
यस्तै  प्रकारले क्षेत्रीय सभासद रतन थापाले पनि सभालाई सम्बोधन गर्दै कारखाना नव निर्माणको निम्ति जीटीए  प्रमुखको मात्र होइन तर समस्त सिन्कोनाबासीको जिम्मेवारी रहेको जनाए | 

कार्यक्रममा मंग्पू सांगीतिक कला एकाईले स्वागत गीत प्रस्तुत गरे भने सरस्वती विधालय र अगमसिंह गिरी विधालयका नानीहरुले सुन्दर लोक नृत्य प्रस्तुत गरे | समारोहमा जीटीए शिक्षा विभाग सभासद  रोशन गिरी, दार्जीलिंग विधायक त्रिलोक देवान, खरसांग विधायक डा० रोहित शर्मा,   जीटीए सम्पूर्ण विभागका सभासदगण , जीटीए सिन्कोना विभाग कार्यकारिणी निर्देशक डनबसको लेप्चा, शिक्षा सचिव किरण लोहार,लगायत मोर्चाका शिर्ष नेतृत्वहरु अनि सम्पूर्ण मंग्पू ,रोंगो - मोंसोंग - लाठ पन्चर सिन्कोना बगानका व्यवस्थापकहरु र  पूर्व बगान निर्देशक र व्यवस्थापक पनि उपस्थित रहेका थिए |

१९९९ सालदेखि बन्द अवस्थामा रहेको मंग्पू कुइलेन कारखानालाई पूर्णरुपले संचालन गर्न जीटीए अघि आएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.