मङपु सिम्बिडियम अर्किडलाई जी.टी.ए.को पर्यटन मानचित्रमा गाभ्ने

मङपु३अप्रेल(केशर मोक्तान): सिन्कोना  बगान निर्देशक डा० .जी.सी.सुब्बाको पहलमा १६ फरवरी २०१२ देखि मङपु रम्बी सिन्कोना विभागको सात ऐकर जमीनमा शुरु गरिएको सिम्बोडीयम अर्किडको उद्घाटन जी.टी.ए.प्रमुख बिमल गुरुङको उपस्थितमा कालेबुङ नगरपालिका अध्यक्ष एल.बी.परियारको बाहुलीबाट गरियो | सम्भवत एक करोडको लागतमा निर्माण गरिएको उक्त बागवानी सिम्बोडीयम अर्किड पार्कमा ४० प्रकारको तीस हजार भन्दा अधिक अर्किड रोपिएको जानकारी उक्त फुल उत्पादक एवं सिन्कोना बगान कर्मचारी पुस्कर सिंगरले दिएका छन् | हालमा उक्त नर्सरीमा एम.सेरिस.डी.सेरिस अनि असट्रेलियन भेराइटीको अर्किड लगाइएको जानकारी दिदै बगान निदेसकले भविष्यमा २ लाख अर्किड यस क्षेत्रमा लगाउने योजना रहेको बताए | यस नर्सरीमा उत्पादन गरिएको अर्किडको मूल्य बजारमा प्रति स्टीक १०० देखि ५०० रुपिया सम्म रहेको अनि एक फुलेको फूलको बोटको दाम एक हजार भन्दा अधिक रहेको जान्नमा आएको छ | हालमा यस सिम्बोदियम अर्किड हेर्नको निम्ति देशविदेशबाट पर्यटकहरुको ओइरो लाग्न थालेको छ | यसरी जी.टी.ए.प्रमुख बिमल गुरुङले सिम्बोदियम अर्किडलाई जी.टी.ए.को पर्यटन बिभागमा गाभेर चाड़ै नै जी.टी.ए.को पर्यटन मार्फत बिकास गर्ने कुरो जनाए | वर्तमानमा पुस्कर सिंगर,सतीश राई,रवि राई अनि १४ जना अस्थायी कर्मचारी वर्गले त्यस  नर्सरीमा कार्य गरि रहेको थाहा लागेको छ |

सिन्कोना बगान निर्देशक डा० .जी.सी.सुब्बाको पहलमा १६ फरवरी २०१२ देखि मङपु रम्बी सिन्कोना विभागको सात ऐकर जमीनमा शुरु गरिएको सिम्बोडीयम अर्किड

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.