दा० ता० डु० प्ला० ले० यु० ले आज सम्म ११ सय श्रमिक स्थायीकरण गरिसकेको छ: गगन राई

Gagan Rai, General Secretery Darjeeling tarai dooars plantation labour union
मङपु३०अप्रेल: तृणमुल कांग्रेस समर्थित  दार्जीलिंग प्लान्टेशन वकर्स  यूनियन महासचिव उर्गेन शेर्पा अनि सयोजक पेमा दोर्जी मोक्तानले सिन्कोना बगानमा जी.टी.ए.मा सिन्कोना गाभेपछि ८ सय श्रमिक घटाएको गम्भीर आरोप लगाउदै रोंगो सिन्कोना बगानमा १३२ देखि १३६ जना श्रमिकवर्ग कम्ती भएर जानेछ भन्ने कुरो माथि दार्जीलिंग तराई द्वार्स प्लान्टेशन लेबर यूनियन सिन्कोना जोन महासचिव गगन राईले घोर आपति जनाएको छ | एक भेट वार्तामा पत्रकारहरुलाई सम्बोधन गर्दै दा० ता० डु० प्ला० ले० यु० सचिव राईले मरणसन्न अवस्थामा पुगीसकेको सिन्कोना बगानलाई मोर्चाको जनान्दोलनले नै पुन:जीवित तुलाएको बताए | आज हराएर गएको बदली काम भटाभट्ट पाएर श्रमिकवर्गमा खुसीको लहर छाएको कुरो सचिव राईले ठोकुवा गर्दै बगानमा यस्ता कुतत्वहरु पनि छन् जसले बगानको श्रमिकहरुले सुख पाएको देखि सक्दैन र अरुले मारेको शिकार खोसी खान पल्केको हाइनाले जस्तो बगानमा बिसृन्खला ल्याउने  दुशाहस गर्दैछन् भनि आरोप लगाए | उनले १० दिने १५ दिने कामको कसैले टाउको दुखाउनु पर्दैन | दा० ता० डु० प्ला० ले० यु०ले सिन्कोना जोन केन्द्र समितिले आजको दिनसम्म ११०० जना श्रमिकवर्गलाई स्थायीकरण गरिसकेको बताउदै रहल औकाश प्राप्त श्रमिकवर्गको परिवारको सदस्यहरुलाई स्थायीकरण गरिने सम्पूर्ण सरकारी प्रक्रियाहरु यूनियनले सकिसकेको र बदला श्रमिकवर्गको सम्पूर्ण सूची निर्देशकको कार्यलयमा यूनियनले जम्मा गरिसकेको बताउदै चाड़ै नै उक्त कामकुरालाई कार्यरुपमा परिणत गर्ने जनाए | बगानमा ५५५० श्रमिक संख्याको आकडा पक्का रहेको जनाउदै बगानमा अन्य खेतीहरु बड़ाएर झ  श्रमिकहरु थप्नु पर्ने कुरा माथि जोड़  दिए
तृणमूल पार्टीले सिन्कोना बगान अधिनस्त रोंगोमा स्वार्थप्रेरित राजनीति गरिरहेकोदा० ता० डु० प्ला० ले० यु०   सचिव राईले आरोप लगाउदै मोर्चाले सम्पूर्ण बगान भरि राजनीति देखि माथि उठेर श्रमिकवर्गको हितको निम्ति जे जति कार्य गरेको छ त्यो सम्पूर्ण कार्य जनताको अघि छर्लंग छ भनि जनाए | मोर्चा अध्यक्ष बिमल गुरुङले पनि ६० हजार भन्दा अधिक सिन्कोना जनताको हितमा सधाचार गम्भीर सोच राखेर काम गरिरहेको अनि मोर्चाको गठन कालदेखि नै जी.टी.ए. प्रमुखले सिन्कोना बगानबासीको निम्ति सदैव अघि आएको बताउदै  हालैमा ३ अप्रेलको दिन पनि उनकै ठुला बिचारको कारण मङपु कुलैन कारखानाको पुनःआधार शिला राखिएको जनाउदै उक्त कारखानाको पुनःनव निर्माण कार्य चाड़ै शुरु हुने सचिव राईले जनाए | यसरी सिन्कोना बगानको श्रमिक कर्मचारीवर्गको हितमा दा० ता० डु० प्ला० ले० यु० को गठन काल देखि नै  सहि तरिकाले कार्य गरिरहेको जनाउदै आगमी दिनमा पनि बगानबासी श्रमिककर्मचारी वर्गको हितकै निम्ति अघि आई कार्य  गर्ने सचिव राईले बताए |

तृणमुल कांग्रेस समर्थित दार्जीलिंग प्लान्टेशन वकर्स यूनियन महासचिव उर्गेन शेर्पा अनि सयोजक पेमा दोर्जी मोक्तानले सिन्कोना बगानमा जी.टी.ए.मा सिन्कोना गाभेपछि ८ सय श्रमिक घटाएको गम्भीर आरोप

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.