बिश्व श्रमिक दिवश पालन | सिन्कोना श्रमिकलाई स्किल्ड लेबर घोषित गर्न पर्छ - दा.त.डु.प्.ले.यु.

Labour's day or may day in mungpoo
मङपु१मई(केशर मोक्तान): बिश्व श्रमिक दिवसको दिन श्रमिकहरु माझ सम्बोधन  गर्दै दार्जीलिंग तराई डुवर्स   प्लान्टेशन लेबर यूनियन सिन्कोना जोन केन्द्र समिति सचिव गगन राईले सिन्कोना बगान श्रमिकहरुलाई पनि झट्टै स्किल्ड लेबेर घोषित गर्न पर्छ भनि सरकारसित बारम्बार मांग गरिसकेको बताए | यदि सिन्कोना श्रमिकलाई पनि स्किल्ड लेबर घोषित गरे सात देखि आठ हजार सम्म मासिक वेतन पाउने उनले जनाए | के.बी.गुरुङको अध्यक्षतामा सम्पन्न भएको मई दिवशलाई सम्बोधन गर्दै सचिव राईले बिश्वको मजदुर एक हौ भन्ने संगठनहरुले नै आज सम्म मजदुरहरुलाई शोषित बनाईरहेका थिए भने मोर्चाको भातृ संगठन दा.त.डु.प्.ले.यु.ले नै श्रमिकहरुको हितको निम्ति सदैव लडिरहेको बताए दा.त.डु.प्.ले.यु.ले स्थापनाकाल देखि नै श्रमिक दिवश पालन गरिरहेको बताउदै आज श्रमिकहरुलाई मिठाई बाड़ने दिनमा पनि मजदुरहरुको हितको निम्ति बोल्न र राजनैतिक कुरा गर्न बाध्य छौ | हामी जनताको निम्ति युद्धमा कुद्द्नेहरु हौ यसैले जनताको निम्ति युद्द गर्न पनि सदा तयार छौ | गोरामुमो र सुबास घिसिङले श्रमिकहरुलाई शोषित गरेको आरोप लगाउदै गोजमुमोले श्रमिकहरुको हितमा मई दिवश मनाउने संस्कार शुरु गरेको जनाए | आज यहाँ बिपक्षीका फटाहा जालीहरुले श्रमिकहरुको दिमाग उल्टा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउदै यस्ता व्यक्तिहरुलाई एकताको बल द्वारा श्रमिकहरुले सिन्कोना बगानमा ठाउँ दिनु नहुने अपील गरे | बदली काम नपाएको समय रेसेप बजारको ब्यापारीहरुले सिन्कोना बगानको भुक्तभोगी जनतालाई राशीन सम्म दिन छोड़ीसकेको समयमा दा.ता.डु.प्.ले.यु.ले ११ सय श्रमिकहरुको नियुक्ति गरेको ठोकुवा गरे | सचिव राईले श्रमिकहरुको बेसिक.पे.२१.६२ पैसाबाट १२१रुपियाँ बड़ोत्तरी गरिसकेको जनाउदै यूनियन कै पहलको  कारण आज सिन्कोना बगानको बेकरी भाई बहिनीहरुले पनि काम पाएर  बाहिरतिर कामको खोजीमा जाने संस्कार नै  हटेको बताए | जी.टी.ए.चिफ बिमल गुरुङ स्वार्थको निम्ति कुद्दने मान्छे होइन जनताको निम्ति युद्धमा कुद्दने व्यक्ति हुन् उनले यहाँको जनता भोक भोकै भएको समयमा पनि बोलिदिने एक मात्र नेता हुन भनि सचिव गगन राईले जनाए | उनले सिन्कोना बगानको ३ सय श्रमिक कर्मचारीहरुलाई  चाड़ै  नै पद्दोंनती गर्ने यूनियनले पहल गरिरहेको बताए | पुस्कर थापाले संचालन गरेको मई दिवश समारोहलाई सम्बोधन गर्दै लाब्दा मङपु समष्टिका सभासद रतन थापाले आज श्रमिकहरु माझ आलोचना गर्ने दिन रहेको बताउदै सिन्कोना बगान ५३५० श्रमिकहरुलाई बड़ोतरी गरेर सात हजार भन्दा माथि लैजाने पार्टी र यूनियनको योजना रहेको बताए | सभासदले २००९ सालमा नै कोलकत्तामा गई यहाँको सिन्कोना श्रमिकलाई स्किल्ड लेबर बनाउनु पर्छ भनि राज्य सरकार सित मांग गरिसकेको जनाए | उनले बिपक्षीहरुलाई सुबास घिसिङको नक्सा पत्रिकामा आउदैमा खुशी नहुदा हुन्छ भन्दै गोरामुमोले २१ बर्षे शासनकालमा सिन्कोना बगान श्रमिकको निम्ति के के काम गर्यो त्यसको ज्वाब पहिले दिनु पर्छ | यहाँ बिपक्षीहरुले मौका र स्वार्थको निम्ति पार्टी खोल्ने कल्पना नगरे पनि हुन्छ भनि सभासदले बताए | गोजमुमो मङपु जोन सचिव रतन लामाले बिश्वमा उधोगपतिहरुले श्रमिकहरुलाई  दमन र शोषण गरको कारण श्रमिकहरु एक भई दमन नीतिको बिरुद्दमा बिश्व श्रमिक दिवश  पालन गर्दै आइरहेको इतिहास बताए | यसरी पहाड़मा हिज सम्म कम्न्युष्टहरुले मात्र मई दिवश पालन गर्थ्यो  भने २००९ देखि गोजामुमोले पनि बिश्व श्रमिक दिवश पालन गर्दै आइरहेको लामाले जनाए | सभामा मोर्चा मङपु जोन सभापति प्रदीप छेत्री अनि सिन्कोना श्रमिक उपस्थित थिए | अन्त्यमा सभाध्यक्षको छोटो सम्भाषण सहित सभा अन्त गरियो |

बिश्व श्रमिक दिवसको दिन श्रमिकहरु माझ सम्बोधन गर्दै दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर यूनियन सिन्कोना जोन केन्द्र समिति सचिव गगन राईले सिन्कोना बगान श्रमिकहरुलाई पनि झट्टै स्किल्ड लेबेर घोषित गर्न पर्छ भनि सरकारसित बारम्बार मांग गरिसकेको बताए |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.