गोजमुमोले एफीडेभिट नबुझाएतापनि सुप्रिम कोर्टमा तामाङ हत्याकाण्डको सुनवाई अगस्तदेखि शुरू हुने

Madan Tamang murder case hearing
दार्जीलिङ,10 जुलाई: आरोपीपक्षले एफिडेफिट नबुझाएतापनि सुप्रिम कोर्टले अब अभागोली पूर्व अध्यक्ष मदन तामाङ हत्याकाण्ड(Madan Tamang murder case hearing)को न्यायिक सुनवाई शुरू गर्ने निर्णय लिएको छ। सम्भवतः यही अगस्त महीनादेखि हत्याकाण्डको न्यायिक सुनवाई शुरू हुने अभागोलीका महासचिव प्रताप खातीले बताए। अभागोलीका महासचिव प्रताप खातीले बताएअनुसार, सुप्रिम कोर्टले आरोपीपक्षको रूपमा गोजमुमोलाई 4 जुलाईभित्र न्यायालय समक्ष एफिडेफिड बुझाउने निर्देश दिएको थियो। यद्यपि गोजमुमोले न्यायालयमा एफिडेफिड नबुझाएकोले नै अब सोझै हत्याकाण्डको सुनवाई शुरू हुने सुप्रिम कोर्टले संकेत दिएको छ।
हत्याकाण्डलाई लिएर परिवारपक्षबाट अक्टोबर 2012 मा नै परिवारपक्षबाट सुप्रिम कोर्टमा मुद्दा दर्ता गरेको थियो।  त्यसपछि न्यायिक कार्वाही शुरू गर्न न्यायालयले गोजमुमोलाई लगातार एफीडेफिट बुझाउने निर्देश दिएतापनि गोजमुमोले एफीडेफिट दर्ता नगरेको खातीले बताए। फलस्वरूप मोर्चाको एफिडडेफिटबिनै अब सुप्रिम कोर्टमा सुनवाई शुरू हुने उनको भनाइ छ।
तामाङ हत्याकाण्डको 2 वर्ष बितिसक्दा पनि आरोपीहरूको पत्तो नलागेपछि सुप्रिम कोर्टको ढोका ढकढकाउने तामाङ परिवार अनि अभागोली दुवै सुप्रिम कोर्टप्रति निक्कै आशावादी रहेको छ। यस्तै आशय प्रकट गर्दै अभागोली महासचिव तथा  तामाङकी धर्मपत्नी एवं अभागोली अध्यक्षा भारती तामाङले गोजमुमोका शीर्ष नेतृत्वहरू चाड़ै पकड़ा पर्ने दावी गरिरहेका छन् महासचिव खातीले आज पनि यस्तै आशय प्रकट गर्दै भने, सुप्रिम कोर्ट भनेको पात्लेबासको कोर्ट होइन। देशका शीर्षस्थ नेता अनि मन्त्रीहरूलाई सजाय सुनाउने कोर्ट हो यो। यसैले आगामी सेप्टेम्बर महीनाभित्रमा गोजमुमोका सबै नेताहरूले  पनि जेलको हावा खानुपर्ने निश्चित छ।
तामाङ हत्याकाण्डमा गोजमुमोका शीर्षस्थ नेतृत्वहरूको हात रहेको प्रशस्तै प्रमाण रहेको पलिन उनले बताए भने उक्त प्रमाणहरू नै सुप्रिम कोर्टमा गोजमुमोका नेतृत्वहरूलाई दोषी साबित गर्न पर्याप्त रहेको पनि उनले बताए। मदन तामाङको घर घेराउ गर्ने, अभागोलीको कार्यालय तोड़फोड़ गर्ने अनि बारम्बार खुल्लारूपमा मदन तामाङलाई चेतावनी दिने गोजमुमोका नेताहरू हुन् यसबाहेक तामाङ हत्याकाण्डको फोन ट्यापिङ अनि भिडियो रेकर्डिङ पनि पुख्ता प्रमाण छॅंदैछ। यी सबै प्रमाणहरूको आधारमा पनि गोजमुमोका नेताहरूले जेलको हावा खानु पक्कापक्की , अभागोली महासचिवले भने।
यसबाहेक गत .... फरवरी महीनामा आत्मसमर्पण गर्ने 5 जना आरोपीहरू क्रमैले आलोक कान्तमणि थुलुङ, पुरण थामी, किस्मत छेत्री, केशवराज पोखरेल, दिनेश पाखरिनको  इन्टेरिम बेल कन्फर्म नगर्नु भनेर अभागोलीले हाइ कोर्टबाट स्टे अर्डर ल्याएको पनि खातीले बताए। यी पॉंचैजना आरोपीहरूको इन्टेरिम बेललाई रद्द गर्नुपर्ने विषयमा पनि हाइ कोर्टमा प्रक्रिया चलिरहेको उनको भनाइ छ। आत्मसमर्पण गर्ने पॉंचजनामा दिनेश पाखरिनलाई छोड़ेर अन्य चारजनाले अन्तरिम जमानत पाइसकेका छन्
गोजमुमोद्वारा आफुलाई 5 करोड़को मानहानी मुद्दा लगाउने बयानलाई पनि गोजमुमोको धम्कीमात्रै रहेको बताउँदै मान नै नभएको व्यक्तिहरूले के मानहानिको मुद्दा लगाउथे भननेर व्यङ्ग पनि कसे।

आरोपीपक्षले एफिडेफिट नबुझाएतापनि सुप्रिम कोर्टले अब अभागोली पूर्व अध्यक्ष मदन तामाङ हत्याकाण्ड(Madan Tamang murder case hearing)को न्यायिक सुनवाई शुरू गर्ने निर्णय लिएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.