November 13, 202503:02:34 PM

गोजामुमो लाब्दा शाखाको चिन्तन सभा सम्पन्न

GJM flag
मङपु१०जुलाई(केशर मोक्तान): हिज स्थानीय  गोजामुमो लाब्दा शाखाको सभा  शाखा अध्यक्ष कमल थापाको अध्यक्षतामा स्थानीय ग्राम  सेवक प्राथामिक पाठशाला  भवन सम्पन्न भयो | सभामा पेरूप बस्ती,पाख्रीन टोल,लाबरबोटे,अनि शिरुबारी क्षेत्रका पार्टी कार्यकर्ताहरुलाई लिएर चिन्तन सभा सम्पन्न भयो | सभामा पेरुप् बस्तीका पार्टी कार्यकर्ता फूलछिरिंग लेप्चा अनि सजित तामांङले आफ्नो गाउँमा अग्रेजको शासनकाल देखि आज पर्यन्त कुनै पनि राजनैतिक पार्टीले बिकाश नगरेको आरोप लगाउदै गोजामुमो पार्टी अनि यस क्षेत्रका निरविरोध निरवाचि त सभासद रतन थापाले मात्र यस क्षेत्रमा बिकाश गर्न सक्ने कुरोमा गाउँबासी आस्वस्त रहेको कुरो बताए | उनीहरुले गोजामुमो पार्टी अनि क्षेत्रीय सभसदको हात बलियो सबै ग्रामबासिलाई एक भएर बस्ने आह्वान गरे | यसरी लाबरबोटेबाट रतन छेत्री अनि बलदेव मुखियाले पनि सभामा संगठनलाई बलियो बनाउन सबैले स्वार्थीपनलाई त्यागी एक भएर बस्नु पर्ने कुरा माथि जोड दिए | यसरी सभासद्को जुन आदेश हुन्छ त्यही अनुरूप आगामी दिनमा  यस क्षेत्रमा काम गर्ने बताए | शिरुबारीबाट कृष्ण राईले पनि संगठनलाई एक भइ दह्रिलो बनाई बिकाशको निम्ति अगड़ी लानु पर्ने सुझाव पेश गरे | पार्टी शाखा सचिव डिजेन्द्र राईले पनि आफ्नो बक्तब्यमा मोर्चाको आन्दोलाकाल  देखि आज पर्यन्त भईरहेको राजनैतिक यात्राको विश्लेषण राख्दै आज बिपक्षी पार्टीहरुले जी.टी.ए.लाई भाच्ने षड्यन्त्र गरिरहेको आरोप लगाए | यसरी पार्टी प्रतिनिधि शुरेंन राईले पनि आफ्नो छोटो बक्तब्यमा राज्य सरकारको षड्यन्त्र बारे सबैलाई आवगत गराउदै राज्य सरकारले जी.टी.ए.लाई अपंग बनाउने कार्य गरिरहेको आरोप लगाए | किरण पाख्रीनले संचालन गरेको सभामा सभाध्याक्ष कमल थापाले पनि आफ्नो बक्तब्यमा लाब्दा तल्लो गाउँको समस्या बिषयमा आफुलाई आवगत रहेको बताउदै यसको निम्ति वर्तमान सभासद रतन थापाको अगुवाइमा चाड़ै नै काम कुरो हुने अनि सम्पूर्ण गाउँको समस्याको समाधान हुने जनाउदै हालमा पार्टीलाई दह्रिलो पार्न सबैलाई एक भएर बस्ने अपील गरे भन्ने जानकारी सुरेन पाख्रीनले प्रेस बिज्ञप्ती मार्फत  दिएका छन् |

हिज स्थानीय गोजामुमो लाब्दा शाखाको सभा शाखा अध्यक्ष कमल थापाको अध्यक्षतामा स्थानीय ग्राम सेवक प्राथामिक पाठशाला भवन सम्पन्न भयो

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.