जनमुक्ति कर्मचारी संगठन सिन्कोना जोनको सभा

Mungpoo Cinchona
मङपु२४जुलाई(केशर मोक्तान): हिज स्थानीय  सनराईज नर्सरी स्कूल भवनमा  जनमुक्ति कर्मचारी संगठनको  सभा लाब्दा शाखा सभापति बी.बी.मोहराको  सभापतित्वमा सम्पन्न भयो | सभामा  शाखा सचिव मदन राईले स्वागत सम्भाषण राखे भने  ज.क.स. सिन्कोना केन्द्रीय समिति सहसचिव असिम शर्माले सभाको औचित्य अनि वर्तमानमा संगठानिक रुपरेखा के कस्तो हुनु आवश्यक छ उक्त विषयमा जानकारी गराए | सभामा ज.क.स.कुलैन कारखाना सचिव चन्द्र शेखर छेत्री,गोजामुमो लाब्दा साखा सभापति कमल थापा,लेबेर यूनियन लाब्दा शाखा सचिव सुरेन राई,ज.क.स. सिन्कोना जोन केन्द्र समिति सचिव प्रेम शेर्पा अनि  सभापति चन्द्र प्रसाद शर्माले पनि दुइसंबोधन गरे | सभामा बक्ताहरुले सिन्कोना उध्योगको कार्य संस्कृतिलाई ध्यान दिने र सबैले सिन्कोना बगानको भविश्य प्रति सधैँ सजक रहेर आ आफ्नो जिमेवारी र दायित्व पुरा  गर्ने कुरा माथि जोड दिए | सबै बक्ताहरुले १९९९ सालदेखि थातीमा रहेको बदली काम नियुक्ति र पदोन्नती , गोजामुमो स्थापना काल देखि नै पुन सिन्कोना बगानमा चालु भएको बताउदै जी.टी.ए. कार्यपाल एवं मोर्चा अध्यक्ष बिमल गुरुङको पहलमा कुलैन कारखाना पुन:निर्माण पट्टि लैजाने प्रयास भईरहेको र चाड़ै कारखानाको चिम्नीबाट धुवा उड्ने कुरामा उनीहरु बिश्वस्त रहेको कुरा बताए | अब बगानमा सिन्कोना र इपिकेकको खेतीमा जोड दिने बताउदै सो खेतीपतिमा कतिपय मल प्रयोग गर्नाले धेरै नै नष्ट भइरहेकोले कारण अब उसो उक्त रसयनिक मल प्रयोग माथि प्रतिबन्द लगाउनुमा संगठन पछि नहट्ने कुरा माथि बक्ताहरुले बताए |

हिज स्थानीय सनराईज नर्सरी स्कूल भवनमा जनमुक्ति कर्मचारी संगठनको सभा लाब्दा शाखा सभापति बी.बी.मोहराको सभापतित्वमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.