आफूहरु गोरामुमो भिलेज कमिटिमा नरहेको दाबी गर्दै लाब्दा बस्तीमा गोजमुमोको सभा

Gorkha janmukti morcha flag
मङपु८ अप्रेल(केशर मोक्तान): गोजामुमो  लाब्दा खासमल बस्तीको आकास्मिक सभा हिज शाखा अध्यक्ष  प्रलाद राईको सभापतित्वमा  सम्पन्न भयो | सभामा शाखा युवा मोर्चा अध्यक्ष बिप्लब छेत्रीले अब गोरामुमोको यस क्षेत्रमा कुनै पनि अस्तीत्व नरहेको साथै गोजामुमो बाहेक यस भेकमा अरु कुनै वैकल्पिक  पार्टी नरहेको आरोप किटान गर्दे एक दुई जना स्वार्थी व्यक्तिहरुको कारण यस लाब्दा बस्तीमा विकाश हुनुमा बाधा सृष्टि भएको अवगत गराए | सभामा नारी मोर्चा शाखा सचिवा सुजिता शेर्पाले आफ्नो बक्तब्यमा दुई चार जना स्वर्थ नेताको कारणले नै यस भेकको बिकाशको गतिमा बाधा पुगेको आरोप लगाए | रोशन छेत्रीले संचालन गरेको सभामा पाल्देन शेर्पा,सजित शेर्पा,रुपेश मुखिया बन्धन राई,नसिब शेर्पा,नमो शेर्पा,अर्पण राई,सुरेन्द्र गुरुङ, अनि अनील शेर्पाले आफुहरु गोरामुमोको भिलेज कमिटिको सभामा उपस्थीत नरहेको जानकारी आजको सभामा गराए | उनीहरुले आफुहरु सधैँ नै गोजामुमो पार्टी साथै स्थानीय सभासद रतन थापाको  छत्रछायामा बसेर निस्वार्थ रुपमा पार्टीलाई सहयोग गर्ने सभामा बताए | सभामा लाब्दा बस्ती शाखाका  सम्पूर्ण गोजामुमो कार्यकर्ता उपस्थिती रहेको जानकारी सभापति प्रहलाद राईले एक प्रेस बिज्ञप्ती मार्फत दिएका छन |

गोजामुमो लाब्दा खासमल बस्तीको आकास्मिक सभा हिज शाखा अध्यक्ष प्रलाद राईको सभापतित्वमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.