मङपुमा सत्य साईबाबाको जन्म जयन्ती पालन

Satya Sai Seva Sangathan Mungpoo Darjeeling
मङपु२३नोभेम्बर(केशर मोक्तान): श्री सत्य साई सेवा संगठन  मङपु क्षेत्रको आयोजनामा आज मङपुमा श्री सत्य साई बाबाको ८८औ जन्मोत्सव  भब्य रुपमा  पालन गरियो | आज बिहान  मङपुका सबै ठाउँमा साई भक्तजनहरुले  भजन किर्तन गर्दै नगर  परिक्रम गरे भने दिउसोको  कार्यक्रममा स्थानीय साई  निलायम मन्दिरमा मङपु महिला समितिका महिला विभागले सत्य साइबाबाको तस्बीरमा माल्यार्पण गर्नको साथै त्रिगायत्री र बेद्पाठ मन्त्र जप गरे | कार्यक्रमको शुरुमा श्री सत्य साई सेवा संगठनका क्षेत्र दायित्ववाहक प्रेमदीप राईले स्वागत सम्भाषण राखे भने साई समितिका सयोजक पप्पु पाण्डेले समापन सम्भासन राखे | समारोहमा बाबाको जन्मौत्सवको सन्दर्भमा मोहन ठकुरीले वार्ता राखेका थिए | कार्यक्रममा साई भक्तजनहरुले भजन,देश भक्ति गीत,रोल प्ले,लघु नाटक आदि खुबै रोचक ढंगमा प्रस्तुत गरे भने कार्यक्रममा मङपु लगायत वरिपरि क्षेत्रबाट धेरै संख्यामा भक्तजनहरु उपस्थित रहेका थिए |

श्री सत्य साई सेवा संगठन मङपु क्षेत्रको आयोजनामा आज मङपुमा श्री सत्य साई बाबाको ८८औ जन्मोत्सव भब्य रुपमा पालन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.