मङपु रेसेप शाखामा तृणमूलको ट्रेड यूनियन गठन

trinamol congress flag
हिज स्थानीय दीपक प्राथामिक  पाठशाला भवनमा जे.पी खवाशको अध्यक्षतामा तृणमूल कंग्रेस  रेसेप शाखा ट्रेड यूनियन गठनार्थ एक सभा डाकिएको  थियो | सभामा निम्न व्यक्तिहरुलाई ट्रेड युनियनको पदमा चयन गरियो जसको सभापति दीपक राई,सचिव कमल छेत्री,उपसभापति वसन्त प्रधान,बिष्णु छेत्री,भुपाल छेत्री,सहसचिव काजी छेत्री,भबिन गिरी,शरण गुरुङ,रुद्रमणि छेत्री,सुधा खड्का,कोषध्यक्ष निरुपा तामांङ लगायत २४जना सदस्य र सात जनालाई सल्लाहकारको रुपमा चयन गरियो | पार्टी नेता मिरेन लामाले संचालन गरेको सभामा सिम्ले शाखा पार्टी सचिव अर्पणदीप थापाले युनियनलाई अनुशासनमा रहेर काम कुरो गर्ने सुझाव दिए | सिन्कोना बगान श्रमिकवर्गको हक र हितको निम्ति युनियन सदैव तत्पर रहन पर्ने जनाए | सिन्कोना बगानको अवस्थालाई फेरी पहिलेको जस्तै बनाउनको निम्ति ट्रेड युनियन संग संगै प्रत्येक श्रमिक र कर्मचारीहरुको पनि दायित्व रहन पर्ने कुरो सचिवले सभामा बताए भन्ने जानकारी राजु मुखियाले एक  प्रेस बिज्ञप्ती मार्फत दिएका छन |

हिज स्थानीय दीपक प्राथामिक पाठशाला भवनमा जे.पी खवाशको अध्यक्षतामा तृणमूल कंग्रेस रेसेप शाखा ट्रेड यूनियन गठनार्थ एक सभा डाकिएको थियो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.