लाब्दा मङपु समष्टि अन्तर्गत
पर्ने लाब्दा बिभाग शाखा
वार्ड नम्बर ३ अनि ४ का
गोजामुमो सदश्य केही दिन
अघि टीएमसीमा सामेल भएका
थिए भने उनीहरु फेरी मोर्चामा
नै फर्की आएका छन | गोजामुमो
सदश्यहरु क्रमैले केवल राई,सी.के.मुखिया
अनि सुबन तामांङले क्षेत्रीय
सभासद रतन थापाको उपस्थितिमा
टीएमसी पार्टीको झण्डा फर्काइ
पुनः गोजमुमोमा सामेल भएको
कुरा जनाएका छन | ती मोर्चा समर्थकहरु
भुल भ्रान्तिमा परेर अन्य पार्टीमा
गएको सभासद अघि स्वीकार गरे
पछि सभासदले उनीहरुलाई मोर्चामा
पुनः स्वागत जनाएका छन | यसरी
क्षेत्रीय सभासद रतन थापाले
स्थानीय क्षेत्रमा बिकाश गरिदिने
बचन दिएका छन भन्ने जानकारी
लाब्दा शाखा मोर्चा कार्यकर्ता
सुरेन पाख्रीनले एक बिज्ञप्ती
मार्फत दिएका छन |