२२ औं नेपाली भाषा मान्यता दिवस ((Bimal Gurung Wishes on 22nd Nepali Language Recognition day in India) को अवसरमा भारतभरि छरिएर नेपालीभाषीहरू प्रति शुभकामना प्रकट गर्दछु।
भाषा जातिको अस्तित्व अनि परिचयको सुरक्षा गर्ने एउटा सशक्त माध्यम हो। भाषा बिना कुनै पनि जातिको उत्थान अनि विकास सम्भव छैन। भाषाको शक्ति
यहाँसम्म छ कि भाषाकै आधारमा पाकिस्तानबाट छुटिएर बंगलादेश एउटा राष्ट्रको
रूपमा उभिन सक्षम बन्यो। भाषाकै आधारमा बर्लीनको पर्खाल तोड़रे जमर्नी एउटा
सिंगो राष्ट्रको रूपमा गठन भयो।
भारतीय सविंधानमै पनि भाषालाई ठूलो स्थान दिइएको छ। क्षेत्रीय भाषालाई नै आधार बनाएर देशमा कतिपय राज्यहरू गठन भएको तथ्यहरू पनि हामीसित रहेको छ।
भारतीय सविंधानमै पनि भाषालाई ठूलो स्थान दिइएको छ। क्षेत्रीय भाषालाई नै आधार बनाएर देशमा कतिपय राज्यहरू गठन भएको तथ्यहरू पनि हामीसित रहेको छ।
सम्पूर्ण भारतीय नेपालीहरूको आफ्नो परिचय अनि राजनैतिक सुरक्षाको निम्ति
लामो समयदेखि चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको निम्ति पनि
नेपाली भाषा एक सशक्त माध्यम हो। २० अगस्त १९९२ सालमा भारतीय सविंधानको
आठौं अनुसूचिमा जसरी यस भाषालाई अन्तर्भुक्त गरियो त्यसरी नै अब जन्मैदेखि
यस भाषाको लेख्य अनि कथ्य दुवैरूपमा प्रयोग गर्ने भारतीय नेपालीभाषीहरूलाई
पनि छुट्टै राज्य दिएर देशको मूलधारामा समाहित गरिनुपर्छ।
जीटीएले नेपाली भाषालाई सम्मान गर्दै यसलाई आधिकारीक तौरमा प्रयोग गर्ने प्रक्रिया पनि शुरू गरिसकेको छ। मातृभाषालाई नै आधिकारीक भाषाको रूपमा प्रयोग गरेर यसको सम्वर्द्दन गरिन आवश्यक रहेको छ भन्ने कुरा जीटीएले धेरैअघिदेखि सोच्दै आएको हो। यस सोचलाई जीटीएले कार्यरूपमा परिणत पनि गरिसके को छ। सम्पूर्ण जीटीएक्षेत्रका नेपालीभाषीहरूले पनि आफ्नो मातृभाषालाई सम्मान गर्दै यसको प्रयोग गर्ने अपील पनि गर्दछु।
Don't miss to read: Nepali Language Recognition Day- 36 years of Democracy

Post a Comment
We love to hear from you! What's on your mind?