डा० अम्बेटकर बिधालयले विधार्थीहरुलाई नि:शुल्क सामानहरु बितरण गरे

Dr ambetkar school mungpoo
स्थानीय डा. अम्बेडकर विधालयका नानीहरुले शिक्षा क्षेत्रमा प्रति बर्ष उत्तम शिक्षा हासिल गर्दै आईरहेका छन भने शिक्षाको क्षेत्रमा अमुल्य योगदान दिदै आई रहेको मड़पूकै एक परिचित बिधालय डा०, अम्बेटकर बिधालयले विधार्थीहरुको निम्ति अवाश्यक समानहरु पनि आज निशुल्क रुपमा वितरण गर्यो | बिधालयले अभिभावकको उपस्थितिमा विधार्थीहरुलाई आउदो परीक्षा अनि बर्खा यमको निम्ति चाहिने सामानहरु विधालयका सम्पूर्ण विधार्थीहरुलाई वितरण गर्यो | बिधालयले  नर्सरी देखि चौथो श्रेणी सम्मका नानीहरुलाई आउदो परीक्षाको निम्ति कार्डबोर्ड, पेन्सिल, खाता अनि ईरेजर् वितरण गर्यो भने बर्खायमलाई मध्यनजर गरि बिधालयले छाता पनि प्रत्येक  विधार्थीहरुलाई बिधालयकै निर्देशक बिकाश गुरुङ अनि प्रिनसीपल प्रशील छेत्रीको बहुलीबाट  प्रदान गर्यो | शिक्षा सानो –ठुलो हुदैन भन्ने मन्त्र लिएर मड़पूको शिक्षालाई थप बलियो बनाउन अघि आएको यो बिधालय २००७ देखि यता निरन्तर रुपमा आफ्नो जिम्मवारीलाई बहन गरि अघि बदी रहेको छ | यो बिधालयको बिशेस लक्ष्य समाजमा बीपीएल परिवारका नानीहरुलाई उच्च स्तरीय शिक्षा प्रदान गर्नु रहेको छ | २००७ देखि यता बीपीएल परिवारका नानीहरुले उक्त बिधालय मार्फत अग्रेजी माध्यमको शिक्षा हासिल गरि रहेको छ भने आज उक्त बिधालयले गर्दा बिपिएल परिवारका अभिभावक अनि नानीहरुले पनि समाजमा सिर उच्च पर्ने अवसर प्राप्त गरेको छ |  आजको बितरण समारोहमा युवा मोर्चा केन्द्रीय समितिका संगठानिक सचिव उर्गेन शेर्पाको बिसेष  उपस्थिति रहेको थियो | उर्गेन शेर्पाले सम्बोधनको क्रममा बिधालयले गरेको प्रगती नै सबै भन्दा ठुलो उपलब्धी हो जसलाई कायम राख्न पर्ने जनाए | उर्गेन शेर्पाले शिक्षासितै नानीहरुको मनबाट  डर,लाज भन्ने थोक पनि हटाउन सक्नु पर्ने दवित्व बिधालयको हो जस तर्फ पनि बिधालय पक्षले ध्यान दिन जरुरी रहेको स्पष्ट परे |  भावी दिनमा पनि बिधालयले यसरी नै उन्नती गर्दै जानु पर्ने अनि आफ्नो पक्ष बाट  दिन पर्ने सहयोगको निम्ति आफु तयार रहेको बताए | यसतै गरि बिधालयका निर्देशक बिकाश गुरुङले विधार्थीहरुको पहिलो शिक्षक –शिक्षिका माता- पिता हुन् यसैले नानीको अध्यनमा माता-पिताको अहम भूमिका रहने जनाए | बिधालयको कोशिशमा माता-पिताको सही मार्ग-निर्देश अध्यनरत विधार्थीहरुले पाउन सक्यो भने एक दिन यही विधार्थीहरु समाजको मेरुदण्ड बन्नेछ भनि जनाए | यो चालु शिक्षा सत्रदेखि बिधालयले अध्यन सितै अन्य बिषय -बस्तुमा पनि केन्द्रित हुने जनाए जसको कारण विधार्थीहरुले भोलिको दिनमा सबै क्षेत्रमा अघि बढेर जानेछ भनि निर्देशक गुरुङले जनाए |
आजको कार्यक्रमलाई  प्रधानाध्यापक प्रसिल छेत्रीले सन्चालन गरेको थिए |

स्थानीय डा. अम्बेडकर विधालयका नानीहरुले शिक्षा क्षेत्रमा प्रति बर्ष उत्तम शिक्षा हासिल गर्दै आईरहेका छन भने शिक्षाको क्षेत्रमा अमुल्य योगदान दिदै आई रहेको मड़पूकै एक परिचित बिधालय डा०, अम्बेटकर

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.