एचएसमा सरस्वती विधालयका सुष्मिता थापा मङपु टप्पर

Sushmita thapa mungpoo topper in HS result
मङपु ३० मई(केशर मोक्तान): मङपु सरस्वती उच्चतर माध्यमिक विधालयबाट यस बर्षको उच्चतर माध्यमिक परीक्षाको परिणाम सन्तोषजनक  रहेको छ | सरस्वती विधालयबाट उच्च माध्यमिक परीक्षामा ८०.२ प्रतिशत हासिल गरेर सुषमिता थापा  मङपु टपर बन्न सक्षम बनेकी छिन भने केवल एक अंकले मात्र पछि बनेका यसै विधालयका छात्रा मार्य राईले ८०.१ प्रतिसत अंक  हासिल गरेर मङपुमा दोश्रो टप्पर बन्न सक्षम बनेकी छन | छात्रहरुको तुलनामा छात्राहरु अत्याधिक मात्रमा यस पल्ट सफल बनेका छन | मङपु सरस्वती विधालयबाट १३० जना परीक्षार्थीहरुले उच्चतर माध्यमिकमा  परीक्षा दिएका थिए भने १२५ जना सफल भएको जानकारी विधालयका प्राध्यपिका देविका मोक्तानले दिएका छन | यसै विधालयका छात्र दीप किरण राईले अग्रेजी बिषयमा ८५ अंक प्राप्त गर्नको साथै  ७५ प्रतिसत हासिल गरि तेस्रो स्थान ओगटन सफल बनेको छन | कला विभागमा प्राय सबै नै बिधार्थीहरु नै उतीर्ण भए पनि बिज्ञान विभागमा विधार्थीहरु ४ जना मध्ये केवल १ जना मात्र सफल बनेको छन | अर्कोतिर मङपु रङबी ज्ञानपीठ उच्चतर माध्यमिक बिधालयबाट यस पल्ट उच्च माध्यमिकमा ३४ जना परीक्षार्थीहरुले परीक्षा दिएका थिए जसमध्ये २३  जना सफल बन्न सक्षम बनेका छन | यस बिधालयबाट मोहम्मद सेफ अलिले ६९.८ अंक लिएर स्कुल टप्पर बनेका छन | यस विधालयबाट १ जना प्रथम,२२ जना दोश्रो अनि ११ जना असफल बनेका छन | उच्च माध्यमिकमा  सफल हुने विधार्थीहरुलाई विधालय परिवारले  बधाई दिएका छन |

मङपु सरस्वती उच्चतर माध्यमिक विधालयबाट यस बर्षको उच्चतर माध्यमिक परीक्षाको परिणाम सन्तोषजनक रहेको छ |

Read latest post filed under mungpoo news, results notification

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.