अब गोरामुमोको लेबर युनियनले सिन्कोना अनि चिया श्रमिकहरुको हितमा कार्य गर्ने

gorkha national liberation front (gnlf) flag
गोर्खा राष्टिय मुक्ति मोर्चाको भात्रृ संगठन हिमालयन प्लान्टेसन् लेवर युनियन (HPWU) ले अब सिन्कोना अनि चिया श्रमिकहरुको हितमा कार्य गर्ने निर्णय लिएको छ | वर्तमानमा चिया अनि सिन्कोना श्रमिकहरुको विविध समस्याहरु लिएर सम्बन्धित निकायहरुले कुनै ठोस कार्य नगरेको गोरामुमो पार्टीको भात्रृ संगठन एचपीडब्लुयूले जनाए जसको निम्ति अब युनियनले सम्बन्धित व्यावस्थपनसित बसी श्रमिकहरुको पक्षमा कुरा  गर्ने स्पष्ट परे | बिशेस गरि चिया अनि सिन्कोना बगानमा मजदुरबर्गको आधारभूत अवश्यकता माथि कसैको नजर नपरेको अनि कसैले आवाज बुलन्द पारे उक्त बिषयलाई पूर्णरुपमा अनदेखा गरेको छ | वर्तमान एक्काईसौं शताप्दीमा पनि श्रमिकहरु शोषणको शिकार बन्न बाध्य भएको एचपीडब्लुयूको संगठानिक सभामा खर्साङ ब्रान्च सचिव युद्ध छेत्रीले बताए | यसरी नै सिन्कोना अनि चिया मजदुरहरुको जमीनको कुनै कागज-पत्र नभएले गर्दा भविष्यमा सम्पूर्ण श्रमिकहरु नै जटिल समस्याको शिकार बन्ने छ जस प्रति कसैको ध्यान गएको छैन अब उक्त बिषयलाई लिएर एचपीडब्लुयूले बृहत रुपमा कार्य गर्ने जानकारी खर्साङ ब्रान्च सभापति प्रदीप प्रधानले दिएको छ | सिन्कोना अनि चिया बगानको श्रमिकहरुको  जमिन’को पर्जा-पट्टा हुन   नितान्त जरुरी  छ , जब सम्म कानुनीरुपमा जमीन श्रमिकहरुको नाममा हुदैनन् तब सम्म एचपीडब्लुयू चुप लागेर नबस्ने थप जनाएको छ |  सभामा गोरामुमो पार्टीको विस्तार अनि संगठनलाई अझै दरिलो बनाउने दिशा तर्फ बिशेस चर्चा भयो भने आगामी दिनमा पार्टीको कार्यक्रमलाई निरन्तरता दिदै अघि बढ्ने निर्णय सभामा लिएको छ | सभामा  एचपीडब्लुयू मड़पू शाखा सचिव दीपंकर राई अनि सभापति गणेश ठकुरी अनि प्रशाखाका पद-अधिकारीहरुको बिशेस उपस्थिति रहेको थियो |

गोर्खा राष्टिय मुक्ति मोर्चाको भात्रृ संगठन हिमालयन प्लान्टेसन् लेवर युनियन (HPWU) ले अब सिन्कोना अनि चिया श्रमिकहरुको हितमा कार्य गर्ने निर्णय लिएको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.