२०११ को रबिन्द्र जयन्तीमा माल्यार्पण गर्दै मन्त्री गौतम देव मंग्पूमा |
विश्व कवि रविन्द्रनाथ ठाकुरको १५५ औ जन्म जयन्ती सूचना तथा सांस्कृतिक बिभाग पशिचम बंगाल सरकार अनि मड़पू साहित्य संस्थानको सयुक्त आयोजनामा आगामी ९ अप्रेलमा मड़पूस्थित श्रमिक कल्याण केन्द्रमा भव्यताको साथ पालन गर्ने जानकारी सूचना तथा सांस्कृतिक बिभागका प्रभारी सुप्रिना ब्लोनले दिएका छन् | उक्त जन्म जयन्ती समारोहमा बिशेष २०११ को रविन्द्र जन्म जयन्तीमा रविन्द्र संग्राहलय सम्बन्धित थुप्रै घोषणाहरु गरि आजसम्म अपुरा छोडेर अल्पेका उतर बंगाल बिकाश मन्त्री गौतम देवको पनि उपस्थिति रहने भएको छ भने समारोहलाई सफल पार्नको निम्ति बिधायक डा० रोहित शर्मा महकुमा अधिकारी सौरव मण्डल खण्ड अधिकारी कलोल रेको पनि उपस्थिति रहने तय भएको छ | सिन्कोना निर्देशक डा० सामुएल राईको अध्यक्षतामा सम्पन हुने जन्म जयन्तीमा मड़पू साहित्य संस्थानको पनि बिशेष भूमिका रहने भएको छ | १५५ औ जन्म जयन्ती पालन गर्न हेतु उतर बंगाल बिकाश मन्त्री गौतम देव फेरि मड़पू आउने भएको छ | उनले आएर रविन्द्रनाथ ठाकुरले धेरै पल्ट बास गरेको स्थान अथवा संग्रालयको भ्रमण पनि निश्चय नै गर्नेछ अनि चासोको बिषय यस पल्ट उनले के घोषणा गर्ने हुन् सबैमा कौतुहल छाएको छ | बिगतको समारोहहरुमा पनि धेरैवटा कुराको घोषणा रविन्द्रनाथ ठाकुरलाई साक्षी राखेर गरेको थियो जो हाल सम्म पनि पुरा हुन् सकेको छैन | अब हेर्नुछ ९ तारिखको दिन जन्म जयन्ती मात्र पालन गर्ने हो कि रविन्द्र संग्राहलय सम्बन्धित कुनै थप घोषणा गरेर जाने हो |
Post a Comment
We love to hear from you! What's on your mind?