मङपु,२६जून केशर मोक्तान: सिक्किमको
जीवन रेखा मानिने राष्टिय राजमार्ग
१० कालीझोड़ा नजिक सेतीपुलमा
माथिबाट पैह्रो झरेर राजमार्ग
१० बिहीबार बिहान देखि नै बन्द
रहेको छ | हिज बेलुकी दुई घन्टाको
निम्ति राजमार्ग खोलिएता पनि
बेलुकी ५ देखि बन्द रहेको राजमार्ग
आज २४ घण्टा बितिसक्दा पनि
खोल्न सकिएन | फलत सिमा सडक संगठन, ग्रेफले राजमार्गलाई खोल्ने
आज दिन भरि नै चेष्टा गरिएता
पनि लगातार रुपमा पानी परेको
कारण माथिबाट पैह्रो झरेर राजमार्ग
खोल्ने काममा बाधा पुगेको जानकारी
ग्रेफका अधिकारीले दिएको छ | यदी
पानी पर्न कम्ती भएमा शनिबार
बिहान दश बजे भित्रमा राजमार्ग
१० लाई खोलाउने सक्दो प्रयास
रहेको ग्रेफका अधिकारीले जनाएको
छ | ग्रेफका अधिकारीले बताए अनुसार
आज रात भरि पैह्रो झरेको ठाउँमा
सफाई कार्य गर्ने ग्रेफका कर्मचारीवर्गले
कोशिश गरेता पनि आज बेलुकी
८ बजे त्यस स्थलमा फेरी मुशुलधारे
पानी परेको कारण शुक्रबार
बेलुकी ८ बजे देखि ग्रेफले
काम रोक्न बाध्य भएको जनाए | अहिले
ग्रेफको पक्षबाट ६ वटा ठुलो
जेसीबी मेशिन लगाएर राजमार्गलाई
खोलाउने दिन भरि नै सक्दो
चेस्टा गरिएता पनि लगातार रुपमा
पानी परेकोले राजमार्गलाई
खोल्न नसकिएको बताउदै शनिबार
बिहान ३ बजे देखि पैह्रो झरेको
ठाउँमा कार्य गर्ने अनि
शनिबार बिहान १० बजे देखि राजमार्ग
खोल्ने ग्रेफको प्रयास रहेको
जनाए | राजमार्ग १० सेतिपुल नजिक
पैह्रो गएको ठाउँमा कुनै पनि
समय दुर्घटना हुने सम्भवना
रहेको कारण रम्बी पुलिसले वाहन
चालकवर्गलाई सतर्कता अपनाउदै
मङपु अनि लंकु सिटोङ भएर
गाडी चलाई दिने अपील गरे जसको
कारण हिज अनि आज दिन भरि नै बिरिक
देखि लंकु, सिटोङ, शेल्पू हुदै
कालीझोड़ा भएर गाडीको चलाचल
भएको देखियो | यता रम्बी देखि
मङपु, तीनमाईल हुदै खर्सांग भएर
वाहन चालचल भयो | रम्बी पीपी
प्रभारी सुजित तामांङले
पैह्रोको कारण राजमार्ग १०
मा भारीजाम हुने भएकोले ट्राफिक
व्यवस्थालाई मध्य नजर राख्दै
हिज जस्तै आज पनि दिन भरि नै
पुलिस दल राजमार्गमा तैनाथ
गरिएको जनाए | पुलिसले पनि शनिबार
१० भित्रमा राजमार्ग खोलिने
बताउदै चालक वर्गलाई सडकमा
डबललाई गाडी नहाकिदिने अपील
गरेका छन | डबल गाडी हाकेको
कारण पनि राजमार्ग जाम बढ्ने
गरेको थाहा लागेको छ | राजमार्गमा
१० सेतिपुलमा पैह्रो गएको कारण
कति जना यात्रीहरु पैह्रो गएको
ठाउँमा ज्यानलाई जोखिममा हालेर
भए पनि पैदल यात्रा गर्दै वरीपरी
तरेर ट्रानसिब गर्दै
यात्रा गरेको देखियो |
Post a Comment
We love to hear from you! What's on your mind?