प्रताप खाती अनि अमर लामालाई सीबीआईले पुछताछ गर्नु पर्ने मागमा पोस्टरिङ

Postering against amar lama pratap khati
गोर्खालीग अध्यक्ष मदन तामांङको हत्या गरिएको आरोपमा कलकता  न्यालयले गत शनिबार मोर्चा शीर्ष नेताहरु बिरुद्दमा पक्राउ वारेन्ट जारी गर्न साथ पहाडमा  पोस्टर लगाउने क्रम जारी छ | यसरी मोर्चा शीर्ष नेताहरु बिरुद्द वारेन्ट जारी गरिएपछि आज मङपु नालीडाड़ामा फेरि दोश्रो पल्ट पोस्टर देखा परेको छ | पोस्टर यसपल्ट गोजामुमो मङपु लाब्दा समष्टिको नाममा टालिएको छ | यसपल्ट टाँसिएको पोस्टर संधै टाँसिने पोस्टरहरु जस्तो साधारण नभएर ठुलै आँट गर्दै केही आश्चर्यजनक अनि रहश्यमय प्रश्नहरु उल्लेख गरेर टाँसिएको छ | मदन तामांगको हत्या त्यसताकको राजनैतिक वातावरणलाई हतियार बनाएर अन्तमा धन सम्पतिको लालचमा आफ्नै परिवार भित्रबाटै रचिएको षड्यन्त्र पनि हुन सक्ने आशंकाहरु उक्त पोस्टरमा इंगित गरिएको पाइएको छ | पोस्टरमा मदन तामांङ हत्याकाण्डमा गोजामुमो अध्यक्ष बिमल गुरुङलाई सीबीआइले वारेन्ट इस्यु गर्छ भने यो हत्या षडयन्त्रमा कसको हात छ? कतै उनको भाई अमर लामा अथवा प्रताप खातीको छैन भनि प्रश्न गरिएको छ | अध्यक्ष बिमल गुरुङसित डेलोमा सगै बसेका अमर लामा हत्याको अघिलो दिन दार्जीलिंङ आउनुको  के कारण छ पोस्टरमा प्रश्न गरिएको छ | गोर्खालीग द्वारा आयोजित क्लब साईडको जनसभामा  नबसेर प्रताप खाती सिलगडीमा बसेर कतै हत्याको षडयन्त्र गर्दै थिएन ? भन्ने अचम्म साथै रहस्यमय प्रश्नहरु टाँसिएको पोस्टरमा गरिएको छ | अथा सम्पतिको धनी  मदन तामांङको षडयन्त्रपुर्ण हत्यामा धरमपुत्रको कारण कतै पारिवारिक विवाद थिएन भनि प्रश्न गरिएको छ | यसर्थ निर्दोष अध्यक्ष बिमल गुरुङलाई होइन अमर लामा अनि प्रताप खातीलाई सीबीआईले सोधपुछ गर्नु पर्ने पोस्टरमा उल्लेख गरिएको छ |

गोर्खालीग अध्यक्ष मदन तामांङको हत्या गरिएको आरोपमा कलकता न्यालयले गत शनिबार मोर्चा शीर्ष नेताहरु बिरुद्दमा पक्राउ वारेन्ट जारी गर्न साथ पहाडमा पोस्टर लगाउने क्रम जारी छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.