आज स्थानीय
मङपु जन मैदानमा आदर्श श्रमिक
कल्याण पश्चिम बंगाल सरकारको
आयोजनमा अन्तर विभागीय एक दिने
फुटबल खेल भूपु खेलाडी एन.पी
राईको अध्यक्षतामा सम्पन्न
भयो | सिन्कोना बगान निर्देशक
डा.सामुएल राईको प्रमुख अतिथि
रहेको आजको फुटबल खेलमा रङबी,लाब्दा,रेसेप,रन्जुभेल्ली
अनि मङपुका पाचवाट सिन्कोना
विभागका खेलाडीहरुले अंश ग्रहण
गरेका थिए | पाँचवाट बिभागबाट
चुनिएका खलाडीहरुलाई लिएर
मङपु एकादश दल गठन गरियो | आज
गठन गरिएको मङपु एकादश दललाई
आगामी २५ जुलाईको दिन सिलगडी
डागापुर जनमैदानमा अन्तर टीगार्डन
फुटबल टूनामेन्ट खेल खेल्न
पठाउने जानकारी आदर्श श्रमिक
कल्याण केन्द्र प्रभारी श्रीमती
एस.छेत्रीले दिएका छन | आज सम्पन्न
भएको अन्तरविभागीय फुटबल खेलबाट
खेलाडी छनौट गरि मङपु एकादश
दल बनाउने निर्णायको भार भूपु
खेलाडी एनपी राई,टी.बी लेप्चा,सिठु
मोक्तान अनि देवेन्द्र राईले
लिएका थिए | यसरी आजको फुटबल
खेलको अतिथिहरुमा रतन लामा,गगन
राई,किशान बुडाथोकी,एम.बी रसाईली,मदन
कुमार थापा,बिकाश गुरुङ आदि
रहेका थिए | उक्त खेला सम्पन्न
गराउनको निम्ति मङपु कुलैन
बगानबाट पुराएको सहयोगप्रति
रबीन्द्र स्मृति कल्याण केन्द्रका
प्रभारी दवारा आभार व्यक्त गरेका
छन |
स्वतन्त्रता दिवश च्यालेन्ज फुटबल खेल हुने
प्रत्येक बर्ष झैँ यस बर्ष
पनि मङपु खेलकुद संघको तत्वधानमा
स्वतन्त्र दिवश समारोह मङपु
जनमैदानमा भब्यताको साथ सम्पन्न
हुन् गईरहेको छ | उक्त दिन स्वतन्त्रता
दिवश च्यालेन्ज सिल्ड नकआउट
फुटबल टुरनामेन्ट सिनियरको
फाईनल खेल पनि हुनेछ भने बिजेता
अनि उपबिजेता दलललाई संघको
पक्षबाट नगद राशी पुरुस्कार
साथै ट्रफी प्रदान गरिनेछ | यसर्थ
उक्त फुटबल खेल खुल्ला राखिएको
हुनाले इत्छुक दलका खेलाडीहरुलाई
आगामी २८ जुलाई सम्ममा मङपु
खेलकुद संघका सचिव राम पोख्रेलसित सम्पर्क गर्ने समतिले अनुरोध
गरेका छन |

Post a Comment
We love to hear from you! What's on your mind?