हिजको दिनसम्म बालिका माथि दुष्कर्म, बलात्कारका घटनाहरु प्राय: ठूला - ठूला नगर,शहर
र बजारमा मात्र सुनिने गरिन्थ्यो भने
भने आज मंग्पूमाको एउटा गाउँमा पनि ११ बर्षीय
बालिका दुष्कर्मको शिकार
बनेको कारण सम्पुर्ण गाउँबासी
नै मर्महात बनेका छन | रङली
रङलीयट थाना प्रभारी एन.एस
कुजुरले जानकारी दिए अनुसार
मङपु बिभाग कामीडाड़ा निवासी
३८ बर्षिय प्रसाद भुजेलले आफ्नै
सालीकी ११ बर्षको बालिका छोरी
(छदमा नाम) प्रतिमा तामांङलाई
गत १३ जुलाई राती ९ बजे आफ्नै
घरमा नै दुष्कर्म गरेको कारण
आरोपी भुजेललाई पुलिसले आज
पक्राउ गरि पुलिस कस्टडीमा
राखिएको छ | आरोपी भुजेललाई पुलिसले
प्रीभेन्सन अफ चाइल्ड फ्रम
सेक्सुएल एफरेन्स एक्ट अन्तर्गत
केस नम्बर सेकशन चार अनि ३२/१५
मुद्दा दर्ता गरिएको पुलिसले
जनाएको छ भने आरोपी भुजेललाई
भोलि दार्जीलिंङ अदालतमा पठाईने
छ | पीडित बालिकालाई आज दार्जीलिंङ
सदर अस्पतालमा भर्ना गरिएको
जानकारी पुलिसले दिएको छ | आफ्नै
सालीको छोरी माथि दुष्कर्म
गर्ने आरोपी भुजेललाई यस्ता
दुष्कर्म गरिएको आरोपमा
कडा भन्दा कडा सजाय हुनुपर्छ
भनि गाउँलेहरु लगायत सम्पूर्ण मंग्पूबासीले नै कडा मांग गरेका
छन |

Post a Comment
We love to hear from you! What's on your mind?