आज दिउसो दुई बजे देखि ५ बजे
सम्म परेको मुसुलधारे पानीले
मङपु क्षेत्रमा धेरै नै क्षति
पुराएको अनुमान लगाएको छ | लगातार
तीन घण्टा सम्म परेको मुसुलधारे
पानी संगै पहिरो चलेर मङपु अनि सिटोंङको
यातायात मार्ग बिछिन्न बनाएको
छ | आज नालीडाड़ा तलतिर लाब्दा
बिभाग जाने सडकमा पैह्रो झरेर
सडकमा ठुला ठुला रुख अनि बासहरु
झरेपछि पूर्ण रुपले मङपु अनि
सिटोंङको यातायात ठप्प बन्न
पुग्यो | सडक बन्द भएको कारण
सिटोंङ देखि मङपुको विभिन्न
बिधालयमा अध्यनरत
विधार्थीहरु पैदल यात्रा गरेर
नै ४ किलोमिटर सडकमा यात्रा
गर्दै घर तर्फ फर्किएको देखियो | पछि जेसीबी ल्याएर गाडी कुद्न सक्ने सडक खोलाएको समाचार छ | लगातार
रुपमा परेको पानीले मङपुको
विभिन्न ठाउँमा पैह्रो गएता
पनि यस समाचार लेखुन्जाल सम्म
कहिँ कतै ज्यानमालको नोक्सान
भएको समाचर छैन |

Post a Comment
We love to hear from you! What's on your mind?