गत जुलाई १ तारिख आएको बिनाशकारी पानी संगै पहिरोले दार्जीलिंग पहाडमा उत्पाद मचाएका थिए जसको परिणाम स्वरूप मिरिक अनि कालेबुंगका विभिन्न स्थानहरुमा मानिसहरुको घर पुरेर ४० जना भन्दा अधिकको ज्यान लिनको साथै धन मालको क्षति गरेको थियो | यस्तो अनिश्चित प्राकृतिक आपदादेखि जति पनि बाँचेका पिडितहरुलाई सहयोग पुराउन अहिले घरि सम्पूर्ण पहाडका संघ – संस्था, एनजीओहरु देखि लिएर देश – विदेशबाट पनि मानिसहरु राहत सामग्री साथै पैसाहरु सहयोग गर्ने क्रम जारी छ | यस्तै क्रममा आज लाब्दा – मंग्पू समष्टि सभासद रतन थापाको अगुवाईमा आफू स्वय लगायत नालीडाँडा ब्यापारी संगठन, पसले संगठन, रेशेप बजार ब्यापारी संगठन, मोर्चा नेतृत्व, साथै मंग्पूका साना – ठुला संघ संस्थाहरुबाट संयुक्त रुपमा मिरिकको टिङलिंग क्षेत्रका पहिरो पिडितहरुको निम्ति राहत सामग्री पठाइएको छ | राहतको निम्ति पठाइएको सामग्रीहरुमा चामल २२.१/२ कुइन्टल, तेल १५ टिन अनि ३६ केजी(बट्टाको), चिनी १ कुइन्टल, केही बोरा दाल छ भने सिलिगुडीबाट अझ आलु अनि अन्य सब्जीहरु पनि थपेर लाने जानकारी छ | यी सामग्रीहरु लगेर आफै पहिरो पिडितहरुलाई नबाडेर सौरेनीमा मोर्चाको रिलिफ क्याम्प रहेको हुनाले त्यहीं बुझाउने अनि रिलिफ क्यापमको अधिकारीहरुले नै यी समानहरु बाड्ने जानकारी मोर्चा मंग्पू जोन सचिव रतन लामाले बताएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?