सिन्कोना उध्योगमा नयाँ नियुक्त अनि पदोन्नति फेरि नहुने आदेश राज्य सरकार खाध्य प्रकरण तथा हर्टिकल्चर विभागीय सचिवालयबाट सरकारी आदेश संख्या १०.३० एपीआई (जी.ओ.१०.३० एपी आई) जारी गरेर १६ जुलाई २०१५ को दिन मङपु सिन्कोना व्यवस्थापक कार्यालयमा आईपुगेको मङपु सिन्कोना बगान व्यवस्थापक एन.के बराइलीद्वरा थाहा लागेको छ | स्मरण रहोस सिन्कोना बगानमा पूर्व निर्देशकले नियमलाई उलंघन गर्दे बगानमा श्रमिक कर्मचारीवर्गलाई नियुक्ति गरेको र पद्दोनती गरेको कारण सिटोङ सिन्कोना बगान मजदुर निमा तामांङ अनि भरत दर्जीले कोलकोत्ता उच्चन्यालयमा २००९ सालमा मुद्दा दर्ता गरिएपछि सिन्कोना बगानमा बदली काम अनि पदोन्नतिको प्रक्रिया बन्द भएको थियो | १९८० सालदेखि काममा लागेको मजदुर निमा तामांङ अनि भरत दर्जीलाई नियम अनुसार पदोन्नति नदिएर २००२ मा काममा हिड्ने श्रमिकलाई पदोन्नति दिएपछि नै ती दुई श्रमिकले कोलकोत्ता उच्चन्यालयमा मुद्दा दर्ता गरेको थियो जसको पूर्ण सुनाई आज सम्म हुन नसेको कारण नै सिन्कोना उध्योगमा बदली काम अनि पद्दोनत्ति प्रकिया अल्झिएको बिशेष सुत्रद्वरा थाहा लागेको छ | अर्कोतिर सिन्कोना निर्देशालयले अदालतको आदेशलाई अमान्य गरि पद्दोनती प्रथालाई फेरि जारी राखेको कारण नै अदालतको आदेशलाई अमान्य गरेको भनि फेरि थप मुद्दा दर्ता गरिएपछि सिन्कोना ब्यवस्थापनलाई प.बंगाल सरकार खाध्य प्रकरण अनि हर्टिकल्चर सचिवालयले नियुक्ति अनि पद्दोनति क्रमलाई पूर्णरुपमा बन्द गर्ने आदेश जारी गरेको छ | सिन्कोना उध्योगमा नयाँ नियुक्त र पदोन्नति नै भएन भने सिन्कोना बगान कसरी चल्ने ब्यवस्थापनको अघि ठुलोप्रश्न खडा भएको छ | सिन्कोना बगान जीटीएमा पूर्णरुपले हस्तान्तरण भएता पनि आज राज्य सरकार खाध्य प्रकरण अनि हर्टिकल्चर सचिवालयले सिन्कोना ब्यवस्थापनमा किन यस प्रकारको आदेश जारी गर्दैछ भनि सम्पूर्ण सिन्कोनाबासीको मनमा प्रश्न खटकिएको छ |
सभासद सामुयल गुरुङसित सम्पर्क गर्दा: उक्त बिषयमा जीटीए सिन्कोना विभाग सभासद संग जान्न चाहदा उनले यस प्रकारको आदेश पत्र जीटीएमा नआएको बताउदैं यो सिन्कोना विभाग जीटीएमा हस्तान्तरण भईसकेको कारण यो आदेशपत्रले सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको पद्दोनती कार्य नरोकिने जनाए अनि सभासदले यस विषयमा हामी राज्य सरकार सित बातचित गर्ने बताए | अदालतको फैसला आउन साथ यो आदेशपत्र पनि खारेज हुने र सिन्कोना बगानको बदली काम अनि पदोनाति पुन: शरु हुने जनाउदै यसमा कुनै प्रकारको हतास हुने कार्य नरहेको सभासद गुरुङले जनाए |
दातडुप्लालेयु सचिव गगन राईसित सम्पर्क गर्दा: यस बिषयमा दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन सचिव गगन राई संग सम्पर्क राख्दा उनले यो कुरा एउटा भ्रम मात्र हो भनि जनाउदै सिन्कोना श्रमिक औकाश ग्रहण गरेपछि बदलीकाम पाउने प्रथा यथावत चली रहने उनले जनाए र हाईकोर्टले सिन्कोना बगानमा रीक्रुटमेन्ट रुल बनाउने इत्छा जाहेर गरेको थियो र हामी हाईकोर्टको आदेशलाई सम्मान गर्दै हामीले समर्थन गरेका छौ | रीक्रुटमेन्ट रुल तयारी भएपछि जुन प्रकारको व्यस्था तयार हुन्छ त्यसलाई पनि हामी सम्मान गर्न तयारी छौ भन्दै सचिव राईले बदलीकाम सम्म रोकियो भन्ने जुन अफवा छ त्यो एउटा भ्रम मात्र हो भनि स्पष्ट रुपमा बताए |
युनाईटेड फोरम सचिव प्रविण गुरुङसित सम्पर्क गर्दा: यस बिषयमा युनाईटेड फोरम सचिव प्रविण गुरुङले संग सम्पर्क गर्दा उनले बंगाल सरकार र जीटीए दुई व्यवस्थाको यो लडाई हो अनि यो एउटा राजनैतिक षड्यन्त्र मात्र हो र यहा साढेको जुझाई बाछाको मिचाई मात्र भएको छ भनि जनाए | वर्तमान परिस्थितिमा बगाल सरकारले जीटीए प्रत्येक व्यवस्थामा हस्तक्षेप गर्दैछ अनि यसलाई पनि बंगाल सरकारले हस्तक्षेप गर्ने खोजेको मात्र हो भनि गुरुङले आरोप लगाए | पद्दोनती र बदलीकाम पाउनु सिन्कोना श्रमिकको अधिकार हो र सरकार पक्षबाट यस्तो कुरामा आदेश आउनु दुर्भाग्यपूर्ण रहेको जनाए | सिन्कोना बगान ब्यवास्य्थापनले नियम उलघन गरेर बिभिन्न प्रकारको काम गरेको कारण नै आज यस्तो परिस्थिति आईपरेको सचिव गुरुङले जनाए |
Post a Comment
We love to hear from you! What's on your mind?