बोरदाङ बस्तीमा एसएसके भवनको उद्घाटन

SSK - Shishu Shiksha Kendra at bordang busty
मङपू लाब्दा समष्टि अन्तर्गत लाब्दा बस्तिको छिमेकी बोरदाङ बस्तीमा नव निर्मित शिशु शिक्षा केन्द्र(एसएसके) SSK - Shishu Shiksha Kendra at bordang busty  को लाब्दा - मंग्पू समष्टि सभासद रतन कुमार थापाको बाहुलीबाट विधिवत रुपमा उद्घाटन गरिएको छ | उद्घाटन कार्यक्रमलाई बोरदाङ बस्ती एसएसकेको प्रधान शिक्षक शरद राई अनि केन्द्रका स - साना बालक - बालिकाले संचालन गरेका थिए | नव निर्मित एएसके संगै केन्द्रको भान्सा घरको पनि उद्घाटन कार्यक्रममा मोर्चा मङपू जोन सचिव रतन लामा , प्रदिप छेत्री, ग्राउण्ड टोल, टिस्टाभेल्ली एसएसके शिक्षकगण, लाब्दा - मङपू समष्टिका नौवटा शिशु शिक्षा केन्द्रका शिक्षक – शिक्षिकागण, जनमुक्ति शिशु शिक्षा केन्द्रीय समितिका प्रतिनिधिगण बिशेष रुपमा उपस्थित थिए | सभासद थापाको बाहुलीबाट गान्धीजीको तस्वीरमा माल्यार्पण साथै दीप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा भूतपूर्व बिधार्थीहरु, लाब्दा खास निम्न उच्च विधालयका छात्राहरुको पनि उपस्थिति थियो भने गाउँका वयोवृद्ध गोपाल राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो | केन्द्रकै विधार्थी साँङमु शेर्पाले स्वागत भाषण राखेका थिए भने श्रेया राई, प्रेरणा राई, अमिषा राईले नेपाली गीतमा अनि स्नेह गुरुङ, साँङमु शेर्पाले हिन्दी गीतहरुमा रोचक नृत्य पनि प्रस्तुत गरेका थिए | छात्र छेडोरजे तामांग, लादोमा शेर्पा, सिधान्त गुरुङ, साँङमु शेर्पा, राहुल राई, श्रेया राई, डाडोमा तामंग आदिले सुन्दर कविता वाचन गरे भने संजय राई अनि प्रकृति राइले गीत गाएर सबैलाई मन्त्रमुघ्ध बनाएका थिए |

उद्घाटन कार्यक्रमलाई जनमुक्ति शिशु शिक्षा केन्द्र केन्द्रीय समिति सभापति डीके छेत्री, डीइओ सुजता ठकुरी तथा प्रमुख अतिथि सभासद थापाले पनि सम्बोधन गरेका थिए | विगत २००२ सालमा स्थापित उक्त केन्द्रमा बर्तमान सैंतीस जना विधार्थीहरु अध्ययान गरिरहेका छन् | विभिन्न असुविधा तथा विभागीय तक्निकीय असुविधाहरुलाई सामना गर्दै पनि अति चाँडो केन्द्र निर्माण अनि उद्घाटन भएकोमा शिक्षक शरद राईलाई सभासदले बधाई दिएका छन् भने उक्त केन्द्रको चारवटा कोठाको आवश्यक सामानहरु द्वारा निर्माण गर्ने प्रतिवध्ता प्रकट गरेका छन् | कार्यक्रममा शिशु शिक्षा केन्द्रको निम्ति आफ्नो जमीन प्रदान गर्ने जमीनदाता चन्द्र प्रसाद राई तथा गीता राईलाई ससम्मान गोर्खा टोपी द्वारा सभासदको बाहुलीबाट अनि दोसल्ला ओडाएर डीइओ सुजता ठकुरीको बाहुलीबाट सम्मान जनाइएको छ ||

मङपू लाब्दा समष्टि अन्तर्गत लाब्दा बस्तिको छिमेकी बोरदाङ बस्तीमा नव निर्मित शिशु शिक्षा केन्द्र(एसएसके) SSK - Shishu Shiksha Kendra at bordang busty को लाब्दा - मंग्पू समष्टि सभासद रतन कुमार थापाको बाहुलीबाट विधिवत रुपमा उद्घाटन गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.