कवि सुरेन्द्र थीङ कृत दुई काब्य कृति विमोचित

Book by Surendra Thing released
मङपूका प्रख्यात कवि सुरेन्द्र थीङको दुईवटा काब्य कृति “शरणार्थी र सय घामहरु”  अनि “एक जुनी अक्षर “ को विमोचन आज दार्जीलिंग पहाड अनि समतलका होनहार कवि तथा साहित्यकारहरु बिच सम्पन्न भएको छ | सम्भवत १९९१ सालतिर उनको पहिलो कृति “इथरको सन्नाटा” प्रकाशित भएपछि यता साहित्यिक गतिविधिहरुमा प्राय: सन्नाटा बनाएर बसेका कवि थीङले आज २५ वर्षपछि फेरि सन्नाटालाई तोड्दै एकैचोटि दुईवटा कृतिहरु दिन सक्षम भएका छन् | मङपूको साहित्यिक इतिहासमा एकैचोटि दुईवटा कृति दिंदै इतिहासमा नयाँ पाता जोड्ने कवि थीङ कवि मात्र नरहेर एक गीतकार, संगीतकार साथै असल उदघोसक पनि हुन् | ज्यादातर नेपाली भाषाको सरल शब्दहरुलाई प्रयोग गर्दै सरल अनि सरस कविताहरु लेखेर पाठकहरुलाई वर्षौ घोरिन बाध्य बनाउने कवि सुरेन्द्र थीङले युवा अवस्थामा दार्जीलिंग पहाडमा हुने विभिन्न कवि गोष्ठीहरुमा पनि प्राय: जसो पहिलो पुरस्कार हत्याएको साथै श्रेष्ठ कविता वाचकको पुरस्कारहरु पनि हत्याउन सफल बन्ने गर्थे | विमोचित कविता कृति माथि वार्ता दिने क्रममा विमोचन कार्यक्रमका प्रमुख अतिथि साथै नेपाली साहित्य अकादमी पुरस्कारले सम्मानित बिजनबारीका बरिष्ठ कवि तथा साहित्यकार मन प्रसाद सुब्बाले २५ वर्षपछि कविको अभिव्यक्ति कस्तो होला भन्ने जिज्ञासा राख्दै लेखनमा निरन्तरता दिनु नै लेखकमा हुन पर्ने लेखकीय गुण हो भनी बताए भने कवि थीङले २५ वर्षपछि दुईवटा कृति दिनु कुनै ठूलो कुरा नरहेको बताएपनि थीङको कविता संग्रह शरणार्थी र सय घामहरु पढेपछि कवि सुरेन्द्र थिङले २५ वर्ष त्यसै फालेको थिएन रहेछ भन्ने मनासय पोखेका छन् | यतिका वर्षसम्म उनी त्यसै चुपचाप नबसेर समयको प्रत्येक पदचापलाई सुन्दै बसेकोले नै यी दुई कविता संग्रहहरु खुबै नियोजित ढंगमा लेखिएको उनले बताएका छन् | धेरै जसो कविहरु शुरुमा खुबै राम्रो कृति दिएर प्रसिद्धि कमाएपछि बिचमा सुस्ताउने गर्छ तर कवि थीङले शुरुमा जस्तो कृति दिएको थियो त्यो भन्दा अझ धेरै राम्रो कृति यसपल्ट दिन सकेको साहित्यकार सुब्बाले जनाए |
बिमोचन कार्यक्रम भब्य रुपमा गर्ने योजना रहेपनि शनिबार साँझ मङपू सिन्कोना बगान व्यवस्थापक नरेश कुमार बराईलीको सडक दुर्घटनामा परि आकस्मिक निधन भएको हुँदा कार्यक्रम साधारण रुपमा संचालन गरिएको थियो भने कार्यक्रमको शुरुमा नै दिवंगत व्यवस्थापक बराइलीको आत्मा शान्तिको निम्ति एक मिनटको मौन धारण गरिएको थियो |
उपमा प्रकाशन कालेबुङको आयोजनामा मङपू नालीडांडा नगिचको रोय बङलो करिडरमा आयोजित आजको विमोचन कार्यक्रममा दार्जीलिंग पहाड लगायत समतलका प्रतिष्ठित कवि साहित्यकार साथै गायक संगीतकारहरुको पनि सहभागिता रहेको थियो | कार्यक्रममा बरिस्ठ कविहरु क्रमैले रेमिका थापा, राजा पुन्यानी, मिलन बान्तवा, सुरज रसौरी, जय क्याक्ट्स अनि पवित्र लामाले सुन्दर कविता कृतिहरु वचन गरेर कार्यक्रमलाई अझ रोचक बनाएका थिए | मङपूका कवि द्वय अनित खाती अनि प्रमिला मुखिया द्वारा संचालित कार्यक्रममा प्रसिद्ध साहित्यकार मोहन ठकुरीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि मन प्रसाद सुब्बा, बिसिस्ठ अतिथि सुकमान मोक्तान लगायत अन्य अतिथिहरुमा संगीतकार मणिकमल छेत्री, गायक अजय स्याङबो, कवि नोर्जेन स्याङदेन, पवन नाम्दुङ, मदन ओझा, सुधिर छेत्री, टेकध्वज जिम्बा, कविता प्रकाशक उमेश उपमा, संजय बिष्ट, निमा निचि शेर्पा, शिक्षक प्रभारी चन्द्रकला राई लगायत मङपूका विशिष्ट व्यक्ति व्यक्तित्वहरुको बिशेष उपस्थिति रहेको थियो || 

मङपूका प्रख्यात कवि सुरेन्द्र थीङको दुईवटा काब्य कृति “शरणार्थी र सय घामहरु” अनि “एक जुनी अक्षर “ को विमोचन आज दार्जीलिंग पहाड अनि समतलका होनहार कवि तथा साहित्यकारहरु बिच सम्पन्न भएको छ |

Read latest post filed under books, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.