७४ धुरा शाखामा मोर्चाको भातृसंगठन पुनर्गठन

Gorkha Janmukti Morcha 74 Dhura Mungpoo
गोर्खा जनमुक्ति मोर्चा ७४ धुरा शाखाको तत्वधानमा मङपू लाब्दा समष्टि सभापति, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन अनि लाब्दा शाखा सचिवको उपस्थिति साथै निर्देन लामाको सभापतित्वमा एउटा सभा सम्पन्न भयो | शाखा सचिव सौगन्ध राईले स्वागत जनाउंदै संचालन गरेको सभामा बिशेष रुपमा मङपू लाब्दा समष्टि सभापति उर्गेन शेर्पाको पर्यवेक्षणमा शाखाको विभिन्न भातृसंगठन गठन गरियो जसमा युवा मोर्चा सचिव सुबोध तामांग, सभापति ज्ञानचन्द्र पाख्रीन, नारी मोर्चा सभानेत्री दुर्गादेवी राई अनि सचिवा सलिमा थापालाई चयन गरियो भने दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन लाब्दा शाखा अन्तर्गत कतिपय युनियन सम्बन्धि कार्यहरु गर्नलाई सहजता ल्याउन हेतु ७४ धुरा शाखाको देखरेखमा युनियन उपशाखा पनि गठन गरियो जसमा सभापति किरण प्रधान अनि सचिव प्रभात तामांगलाई चयन गरिएको छ भने आजको सभाले नै विभिन्न व्यक्तिहरुलाई समष्टि कमिटिको रुपमा शाखालाई प्रतिनिधित्व गर्न चयन गरियो जसमा युवा मोर्चाबाट सुजन राई, नयन शर्मा, नारी मोर्चाबाट प्रितिका छेत्री, युनियन प्रतिनिधिको रुपमा मुनाल तामांग अनि बिकाश मोक्तानलाई चयन गरियो | सभालाई सम्बोधन गर्ने क्रममा समष्टि सभापति उर्गेन शेर्पा, युनियनको पक्षबाट किशन बुडाथोकी, लाब्दा शाखा युनियन सचिव राजेश तामांग द्वारा पार्टी अनि युनियन सम्बन्धि कुरा राख्दै बर्तमान पहाडमा भइरहेको जात जातको विभाजन नीतिलाई लिएर सबै सजक बस्ने आह्वान गर्दै सबैलाई गोर्खा जातिको एकता संधै कायम राख्ने आह्वान गरियो भने आउँदो दिनहरुमा यस शाखाको समस्या माथि पनि आफुहरु गम्भीर रहेको बताए | ७४ धुरा शाखाको पक्षबाट मुनाल तामांगले अनि पासांग तामांगले पनि दुई कुरा राखेका थिए ||

गोर्खा जनमुक्ति मोर्चा ७४ धुरा शाखाको तत्वधानमा मङपू लाब्दा समष्टि सभापति, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन अनि लाब्दा शाखा सचिवको उपस्थिति साथै निर्देन लामाको सभापतित्वमा एउटा सभा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.