दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन रेसेप शाखा पुनर्गठन गर्न गोर्खा जनमुक्ति मोर्चा बिनय तामांग गुट रेसेप शाखा अध्यक्ष राम थापाको अध्यक्षतामा एउटा सभा बस्यो | सभामा मोर्चा सिन्कोना बगान कोअर्डिनेटर एवम केन्द्रीय समिति सदस्य मिरेन लामा, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन सचिव गगन राई, किशन बुडाथोकी आदिको उपस्थितिमा युनियन गठन गरियो जसमा अध्यक्ष दिपक राई, उपाध्यक्ष अर्पणा राई, विश्व बोम्जन, मूल सचिव गणेश जैसी, सहसचिव बसन प्रधान अनि अनित मोक्तानलाई सर्वसम्मतिको साथ चयन गरियो | मङपु जोन दातडुप्लालेयु गठन गर्न रेसेपबाट मोठ पाँच जना प्रतिनिधिहरु पनि चयन गरिएको छ जसमा रिनेश शेर्पा, अमृत खड्का, किशन बुडाथोकी, कमल चौहान अनि काजी छेत्रीको नाम उल्लेख गरिएको छ | यसपल्ट गठन गरिएको युनियनका कार्यकर्ताहरु सम्पूर्णरुपले विभागकै गन्तीसंग संलग्न श्रमिक हुनपर्ने सम्पूर्ण उपस्थितिको सहमतिमा प्रस्ताव पनि ग्रहण गरिएको छ | सभामामा बन्द अवधि सिन्कोना मजदुर कर्मचारीले नपाइएको तीन महिनाको वेतन, महंगी भत्ता, मिनिमम वेजेसमा बढोत्तरी, अस्थायी श्रमिकवर्गको स्थायीकरण आदि प्रमुख विषयमा चाडै सम्बन्धित अधिकारीवर्गसंग यस नवनिर्वाचित शाखाले एउटा अन्तर्वार्ता दिने पनि सभाले प्रस्ताव ग्रहण गरेको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ||
मोर्चा रेसेप शाखा युनियन पुनर्गठन
12Nov2017
Post a Comment