मंग्पू: गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समिति द्वारा आयोजित तथा मंग्पू लाठ पन्चर समष्टि युवा मोर्चाको सहभागितामा छुट्टै राज्य गोर्खाल्याण्डको दोश्रो चरणको आन्दोलनको शंखघोष मंग्पू जन मैदानबाट सफलतापूर्वक सम्पन्न भयो | उक्त सभामा सम्पूर्ण पहाड तराई डुवर्सका युवा जमातले साँच्चै युवाहरु बौधिक रुपले तयार रहेको स्पष्ट भयो | त्यस विराट जनसभामा मंग्पू लाठ पन्चर समष्टि अन्तर्गत मंग्पू जन मैदानमा सफलतापूर्वक सम्पन्न गराउन मंग्पू लाठ पन्चरको अहम भूमिका रहेको थियो | जनसभामा आफ्नो उपस्थिति दिने सम्पूर्ण युवा मोर्चा केन्द्रिय समिति प्रतिनिधिगण, नारी मोर्चा कोर कमिटि अध्यक्षा आशा गुरुङ, अन्य- अन्या प्रतिनिधिगण, मंग्पू भित्रका अनि बहिराका मानिसहरु,विभिन्न सुधार संगठन,मंग्पू मर्चेन्ट एसोसिएशन रेषेप बजार,नालीडाँडा व्यापारी संगठन, प्रचार प्रसार च्यानेल,समचार संवाददाता, मंग्पू मोटर्स अनर्स एसोसिएशन, मंग्पू मोटर्स चालक संघ,मंग्पू सिन्कोना पी० एच० इ० , एन० एच० पी० सी०, तथा विभिन्न प्रकारले कार्यक्रमलाई सगाउ पुराउने सबै सबैलाई रतन थापा संयोजक मंग्पू लाठ- पन्चर समष्टि, संगठनिक सचिव केन्द्रिय समिति गोजमुमो ,प्रदीप छेत्री सह- सचिव महकुमा समिति, रतन लामा मंग्पू जोन, शेखर थापा सभापति,सुजम छेत्री सचिव मंग्पू लाठ पन्चर युवा मोर्चा, दयानन्द राई सभापति,प्रदीप छेत्री सचिव मंग्पू जोन युवा मोर्चा आदिले बिशेष रुपले हार्दिक धन्याबाद तथा कृतज्ञता प्रकट गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?